कैलाली २ चैत्र/ शैक्षीक क्षेत्रमा लामो सयम देखी महत्वपुर्ण योगदान पुर्याउदै आएको धनगढीमा सञ्चालीत निम्बस एजुकेसन एन्ड ट्रेनिङ सेन्टरले दृष्टि फाउन्डेसन लाई सहयोग गरेको छ ।
निम्बस एजुकेसन धनगढीका सञ्चालक हेमन्त बोहराले कार्यालयको तर्फबाट दृष्टि फाउन्डेसन नेपालमा १० हजार ५ सय बराबरको अति आवश्यक खाद्यान्न सहयोग गरेका छन् ।
बोहराले चार बोरा चामल, बिष केजी नुन, तेल ५ लिटर, २० ओटा ब्रस, साबुन, कोल्गेट, महिला प्याड २० वटा, चाउचाउ १ पेटि, दाल ५ केजि, सोडा ५ केजि बराबरको फउन्डेसनलाई आवश्यक पर्ने सामान फाउन्डेसन सञ्चालीका कल्पना भट्टलाई हस्तान्तरण गरेका हुन ।
सञ्चालनमा रहेको दृष्टि फाउन्डेसनले मानसिक सन्तुलन गुमाएका २० जना महिलालाई आश्रय दिएको छ । यौन हिंसामा परेका, सहाराविहीन भएका र अन्य हिंसामा परेका महिलालाई फाउन्डेसनले आश्रय दिएको हो ।
फाउन्डेसन सञ्चालन भएदेखि मानसिक सन्तुलन गुमाएका पाँचजनालाई पुनस्र्थापना गरिएको सञ्चालिका भट्टले जानकारी दिइन् ।
हाल फउन्डेसनमा चन्द्रा तिरुवा र ललिता चौधरीले स्वयमसेवकका रूपमा मानसिक सन्तुलन गुमाएका महिलालाई हेरचाह गरिरहेको सञ्चालिका भट्टले बताइन् ।