धनगढी,०४ फागुन ।धनगढीका स्वास्थ्य संस्थामा बेला बेलामा देखिने रगत अभावलाई ध्यानमा राख्दै बैतडी समाज कैलालीले धनगढीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रममा जम्मा ८८ जनाले रक्तदान गरेको आयोजकले जनाइको छ । स्वास्थ्य संस्थाहरुमा रगत अभावका कारण बिरामीको उपचारमा समस्या पर्ने अवस्था पटक पटक आउने गरेकोले बिरामीलाई समस्या नपरोस भनेर बैतडी समाजले बृहत रक्तदान कार्यक्रम गरेकोे समाजका अध्यक्ष मायाप्रकाश भट्टले बताए ।
पछिल्लो समयमा बैतडी समाज कैलाली बिभिन्न सामाजिक गतिबिधिमा क्रियाशिल रहेको छ ।