धनगढी ,४ फागुन ।राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत वृहत पढाई उत्सव कार्यक्रम सिद्धनाथ मावि धनगढी–१२ जुगेडामा सम्पन्न भएको छ । उक्त वृहत पढाई उत्सव पढाई प्रतियोगिता र पढाई शिविरको माध्यमवाट विद्यार्थीको प्रारम्भिक कक्षा पढाइ सिप विकासमा अभिरुचि पढाइमा प्रगति र प्रोत्साहन गरी प्रारम्भीक तहको पढाईमा सुधार ल्याउने उद्धेश्यले आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक प्रेम वहादुर शाहीले बताए ।
कार्यक्रमको उद्घाटन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वहादुर वडले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका वडले पढाई उत्सवले अभिभावकलाई घरमा पढाइ वातावरणलाई प्रवर्धन गर्नमा सहयोग पुग्ने बताए । नियमिति विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाइ उपलब्धि हासिल गर्न र विद्याथीै केन्द्रित शिक्षण सिकाइलाई प्रवर्धन गर्नका लागि कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने समेत वडले बताए ।
सो अवसरमा प्रारम्भीक तहको पढाई सुदृढ गर्नमा योगदान पुर्याए वाफत प्रा्ररम्भीक तहका उत्कृष्ट अभिभावकहरु राम वहादुर रोकाया,संगीता सुनार,विष्णुराज चौधरीलाई नगर प्रमुख वडले सम्मान समेत गरेका थिए ।
त्यसै गरी प्रारम्भीक तहको पढाई प्रतियोगीतामा प्रथम,द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्याथीहरु लाई धनगढी उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष गणेश प्रसाद जोशी,विद्यालय व्यवस्थापन समितीका अध्यक्ष किसनसिह उपाध्याय,प्रारम्भीक कक्षा पढाई उपसमितीका संयोजक कर्ण वहादुर सिहले पुरस्कार वितरण गरेका थिए । यस्तै विद्यालयका प्रधानाध्यापक प्रेम वहादुर सिहले प्रारम्भीक तहको पढाईको अवस्था सहितको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वाड नं १२ का अध्यक्ष गणेश प्रसाद जोशी,डा.रुपचन्द्र विक,वडा सदस्य विर्ष व.सिह,कार्यक्रमका अधिकृत राजेन्द्र रैका,पूर्व वडा अध्यक्ष लक्ष्मीराज चौलागाई,नेपाली काग्रेसका वडा सभापति प्रताप विष्ट,नेकपाका क्षेत्रीय सदस्य जय वहादुर रोकाया, प्रारम्भीक कक्षा पढाई उपसमितीका संयोजक कर्ण वहादुर सिह,लगायतकाले मन्तव्य राखेका थिए ।
शिक्षिका वागेश्वरी चटौतद्धारा स्वागत मन्तव्य राखिएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष किसनदेव उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन शिक्षक लोकेन्द्र सिह र तेजराज भट्टले गरेका थिए ।