तेज बोहरा, कैलाली १७ माघ/ सघन शहरी विकास आयोजनाले निमार्ण गरेको धनगढी उपमहानगरपालिका –१८ हुलाकी सडक देखि फुलवारी बहुमुखी क्याम्पस जानेबाटो सडक भाषिएको छ ।
कमसल सामाग्रीको प्रयोग गरी निमार्ण गरिएको सडकमा ट्रक गुडाउदा भाषिएको हो ।
सडकमा ट्रक गुडाउदा पिच सडक भाषिए पछि, स्थानियहरुले निर्माण कम्पनीले लापरबाही गरेको गुनासो गरेका छन् । कमसल सामाग्रीको प्रयोग गर्दा सडक भाषिएको स्थानिय कुवेर अधिकारीको आरोप छ ।
यता सो सडकको निर्माणको जिम्मा पाएको रोयल कन्टक्र्सनका संचालक प्रकास सेठीले सडकको क्षमता भन्दा बढी लोडको ट्रक सडकमा गुडाउदा नाली भाषिएको दाबि गरे ।
उनले भने “सडक ग्रमिण सडक भएकोले सडकको क्षमता २० टन मात्र हुन्छ,” निमार्ण सामाग्री र सडक मापदण्ड अनुसार गुणस्तरीयनै भएको उनको भनाई छ ।
यसरी सडकमा निर्वाध सवारी आवत जावत गर्दा भाषिने सडकको औचित्य माथि नै स्थानियले प्रश्न गरेका छन् ।