कञ्चनपुर/ महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जमिनमा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग राखेर आह्वान गरिएको अनिश्चितकालिन कञ्चनपुर बन्द तत्कालका लागि स्थगीत गरिएको छ। आन्दोलनमा उत्रिएका युवा विद्यार्थी संगठनहरुले सरोकारवालासंगको बैठमा केहि बुदामा सहमती जनाउँदै अनिश्चितकालिन कञ्चनपुर बन्द स्थगीत गरेका हुन्। नगर विकास समितिको स्वामित्वमा रहेको जमिनको अवैध लिज खारेजी, मापदण्ड विपरित निर्माण गरिएका संरचना भत्काउनुपर्ने, कानुनी प्रक्रिया नपुगाई आफुखुसी जग्गा लिजमा दिने नगर विकास समितिका पदाधिकारी र कर्मचारीलाई कारबाही र सार्वजनिक जमिनमा भइरहेको अतिक्रमण रोक्नुपर्ने माग गर्दै मंगलवारदेखि बन्दको घोषणा गरिएको थियो। तर बुधवार राती बसेको सरोकारवालासंगको बैठकमा आन्दोलनरत युवा विद्यार्थीहरुले केहि बुदामा सहमती जनाएका छन्।
माघ २२ गते सम्म जग्गा प्रकरणमा सग्लनहरुको पहिचान गर्ने र त्यसपछिको तीन दिनभित्रै अवैध संरचना भत्काउने सहमती भएपछि बन्दका कार्यक्रम फिर्ता गरिएको विद्यार्थी संगठनहरुले जनाएका छन्। विद्यार्थी संगठनहरुले आन्दोलन कसरी अगाडि बढाउने विषयमा भने आज छलफल गर्ने जनाएका छन्। दुई दिन लगातार बन्द भएपछि कञ्चनपुरको जनजीवन प्रभावित भएको थियो। महेन्द्रनगरको बजार व्यवसाय २ दिन सम्म पूर्ण रुपमा बन्द थियो भने यातायात सेवा सञ्चालन भएको थिएन्। शैक्षिक सस्थाहरु पनि बन्द थिए। मंगलबार केही संरचनामा डोजर लगाएपनि आन्दोलनरत युवा विद्यार्थीहरुले बन्द भने खोल्न मानेका थिएनन्।
यस्तै आफूहरुको संरचनामा मात्रै डोजर चलाएको भन्दै खोका छाप्रा उद्वार समितिमा आबद्वले विरोध जनाएका छन्। उनीहरुले बजारमा टायर बालेर सरकार र आन्दोलनरत युवा विद्यार्थीहरुका विरुद्व नाराबाजी गरेका छन्।