कृतबहादुर विष्ट
धनगढी,१७ माघ ।कैलाली जिल्लामा खाने पानीका आयोजनाहरु सुरु भएर सम्पन्न नहुँदा स्थानियहरु आर्सनिक युक्त पानी पिउँन बाँध्य भएका छन् । सन २०१७ सम्म नेपाल सरकारले आधारभूत स्तरको खानेपानीको पहुँच सबै जनताहरुमा पुर्याउने लक्ष राखे पनि हाल सम्म कैलालीका ८६ प्रतिशत जनताहरुले मात्र आधारभूत स्तरको खानेपानीको प्रयोग गरीरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यलय कैलालीको तथ्याङ्क छ । तर कैलालीका जनताहरुको सुद्ध खानेपानीको पहँुचमा भने १० प्रतिशत मात्र छन् । खाने पानीको आयोजनाहरु सुरुहुने तर सम्पन्न हुन वर्षैा लग्ने भएका कारण जनाहरु शुद्ध खानेपानीको पहँचमा छैनन् । जसका कारण कैलालीका जनताहरुहरु आर्सनिक युक्त हेण्डपम्पको पानी पिउँन बाध्य छन् । आर्सनिक युक्त पानी पिउँदा बिभिन्न छाला सम्बन्धि रोगवाट ग्रसित समेत हुनु परेको धनगढी –१९ पूmलवारीका गंगादत्त ओझाले बताए ।
हाल कैलाली जिल्लाका बिभिन्नि स्थानका सुरु गरीएका तर सम्पन्न नभएका ११९ ओटा आयोजनाहरु छन् । यी आयोजनाहरु समय मै निर्माण सम्पन्न नहुँदा स्थानियहरु शुद्ध पानी पिउँनवाट बन्चित भएका छन् ।
खाने पानीका आयोजनाहरु संचालन भएको वर्षौ दिन बितिसक्दा समेत स्थानिय उपभोक्ता समिति र खानेपानी तथा सरसफाई डिभिजन कार्यलयको बेवास्ताका कारण जनताहरुले शुद्ध पानी पिउँनबाट बन्चित भएको स्थानियको भनाई छ । सुद्ध खानेपानी खान पाए बिभिन्न रोग बाट बाँच्न सकिने आसा समेत उनिहरुमा छ ।
स्थानिय उपभोक्ता समिति र खानेपानी तथा सरसफाई डिभिजन कार्यलयको लापर्वाहीका कारण स्थानियहरु फोहर खानेपानी खान बाँध्य भएको धनगढी उपमहानगरपालिका वडा नम्बर १८का वडा अध्यक्ष मुरारी अधिकारीको भनाई छ । उनका अनुसार खानेपानीका आयोजनाहरु समय मै सम्पन्न नहुँदा भाँडाकुडामा नै पहेलो दाग बस्ने फोहर पानी खाने गरेकोे भनाई छ ।
यता खानेपानी तथा सरसफाई डिभिजन कार्यलय धनगढीका प्रमुख मोहन वहादुर कुवँरले पनि कैलालीमा जनातहरु आर्सनिक युक्त खानेपानीको प्रयोग गरीरहेको स्वीकार गरे । बजेट अभावका कारण खानेपानीका आयोजनाहरु संम्पन्न गर्न ८–१० वर्ष लाग्ने उनको भनाई ।
यसरी जनताको प्रत्यक्ष स्वास्थ्यसंग सरोकार राख्ने शुद्ध पिँउने पानीको प्रयोग गर्न नपाउनु कैलालीका जनतका लागि दुर्भाग्य मान्नु पर्छु । सुदुरपश्चिम प्रदेशकै सुगम जिल्ला मनिने कौलालीका जनताहरु सुद्ध पानी पिउँनवाट समेत बन्चित हँुदा अन्य क्षेत्रको बिकासका बिषयमा सहजै अनुमान गर्न सकिन्छ । तसर्थ कैलाली जिल्लामा संचालन गरीएका खानेपानीको आयोजनाहरु समयमै सम्पन्न गरी जनताको शुद्ध खानेपानी पीउँने अधिकार सुनिश्चित गर्न सरोकारवालाको ध्यान जानु जरुरी छ ।