तेज बोहरा, कैलाली १६ माघ/ देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै आज धनगढीमा युथ भ्वाईसले दिप प्रज्वलन गरी शहीद दिवस मनाइएको छ ।
जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।
युथ भ्वाईस धनगढीका संयोजक उमेश बडु लगाएतका युवाहरु मिलेर शहिदहरुलाई धनगढीको मुख्य बजार रातोपुल नजिकै आज साझ शहिदहरुलाई टिका लगाई दिप प्रज्वलन गरेको हो ।
तर सोही समयमा नेपालि कांग्रेस निकट केही भातृ संगठनहरुले पार्क चोकमा सरकार विरुद्ध राके जुलुस निकाले प्रर्दशन गरेको थियो ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थि संघले सरकार विरुद्ध आज वेलुकी धनगढीमा मसाल जुलुस प्रर्दशन गरेको छ ।
प्रधानमन्त्रीको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने निर्णर्य र डा. गोविन्द केसीको अनसनप्रति संवेदनहीन व्यवहारको विरोधमा प्रर्दशन गरीएको नविसंघले जनाएको छ ।
धनगढीको एलएनचोकमा मसाल जुलुस प्रर्दशन गर्दा प्रहरी र प्रर्दशनकारी विच केहीवेर घम्साघम्सी चलेको थियो ।
यसरी सहिद दिवसकै दिन राकै जुलुस प्रर्दशन गर्नु नेपाहिरुको राष्ट्रियता माथिनै प्रश्न उठ्ने काम गरेको युथ भ्वाईसका युवाहरुको गुनासो रहेको थियो ।
राष्ट्र र राष्ट्रियताका लागी एक मिनेट समय दिन नसक्ने राजनितिक संगठनहरु सत्ता र शक्तिको लागी जेपनि गर्न तयार हुनेहरुका लागी युथ भ्वाईसका युवाहरु बलियो उधारणीय पात्र बनेका छन् ।
झण्डै दुई बर्ष अगाडी कञ्चपुरमा स्थापना भएको युथ भ्वाईस हाल महेन्द्रनगर, धनगढी र काठमाडौमा साखा स्थापना भई समाजका लागी उधारण्ी काम गर्दै आएको संस्थापक अध्यक्ष सुनिल सिहं बोहराले जानकारी दिए ।
निर्मला हत्या काण्डमा आनदोलनकारीले सडकमा जलाएका टाएरहरुमा पनि हालेर निभाउने र सडक सफा गरेको काम देखेर नागरीक समाज लगाएत सर्वसाधारणले युथ भ्वाईसको प्रशंसा गर्दै आएका छन् ।
पछिल्लो समय विभिन्न सामाजिक कार्यमा क्रियाशिल देखिएको युथ भ्वाईस अझै सशक्त भएर अगाडि बढ्ने अठोटमा रहेको छ । अहिले विभिन्न जिल्लाहरुमा यसले आफ्नो शाखा विस्तार गर्दै आएको छ । ‘म होईन हामी भन्ने भावनाको उजागर गरौं’ भन्ने मुल मन्त्रका साथ युथ भ्वाईस अगाडि बढिरहेको छ ।
विशेषगरी शुदूरपश्चिममा आफ्नो कार्यक्षेत्र बनाएको युथ भ्वाइस अब काठमाडौं लगायतका शहरमा सक्रिय हुन थालेको छ ।