कृतबहादुर बिष्ट
धनगढी १२ माघ/ नेपाल भारत बिचको सम्बन्ध चिसिरहेको बेला भाईचारका रुपमा अझै प्रगाढ बनाउन शनिबार नेपाल भारत सिमानाको गौरीफन्टा नाकामा भारतको ६९औ गणतन्त्र दिवस सामुहिक रुपमा मनाईएको छ ।
कार्यक्रममा नेपाल तथा भारतका दुबै पक्षका सहभागिले दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ बनाउनु पर्ने धारणा व्यक्त गरेका थिए ।
यसरी छिमेकी देशको कार्यक्रम सिमानामा दुबै देशका नागरिकले मनाउनु भनेको नेपाल भारत बिचको सम्बन्ध अझै मजबुत बनाउन मद्यत पुग्ने कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले बताए ।
एकअर्का देशका नागरिकहरुले यसरी एकै थलोमा मनाउदा भाईचाराको सन्देश दुबै देशभर फैलाउने उदेश्यले कार्यक्रम गरिएको भारत पलियाका सामाजसेवी रबि गुप्ताले बताए ।
एकअर्काको सुखदुखमा दुबै पक्ष बिच मेलमिलापका साथ बसेका छन् र बस्नेछन् भन्ने सन्देश दुबै देशमा जान जरुरी भएको भारत पलिया खीरि जिल्लाका समाजसेवी रामचन्द्र गुप्ताले बताए ।
भारतले सिमानामा नेपालीलाई दुख दिईरहेको समस्यालाई मध्यनजर गर्दै भारतका एसएसबी ३९ नम्बर बाहीनीका कमाण्डार मुन्ना सिहले यो समस्यालाई चाडै निराकरण गर्ने बताए । सिमानमा हुने अपराधिक कृयाकलापलाई पनि दुबै देशका सुरक्षा अधिकारीहरुले एक जुट भई समस्या सामाधान तर्फ लाग्नु पर्नेमा उनले जोड दिए ।