धनगढी १२ माघ / नेपाल तरुणदलले माघ १४ गते सारकारका बिरुद्ध धनगढीमा बिशाल प्रदर्शन गर्ने भएको छ । नेपाल तरुण दल जिल्ला कार्यसमिति कैलालीले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारका बिरुद्धमा बिशाल प्रदशन गर्ने जानकारी दिएको हो ।
बढ्दो महंगी नियन्त्रण गर्न नसक्नु, शान्ति सुरक्षा कायम गर्न नसक्ने, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै सरकारको बिरोधमा बृहत् प्रदर्शन हुने । ब्यापकरुपमा जनतालाई धनगढीमा उतार्ने लक्ष्य रहेको पत्रकार सम्मेलनमा वोल्दै नेपाल तरुण दल जिल्ला कार्य समिती कैलालीका अध्यक्ष दिपेन्द्र बमले बताए ।
सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको, वाइडबडी भ्रष्टाचार र सुनकाण्ड ढाकछोप गरेको, दुई तिहाईको आडमा चिकित्सा शिक्षा बिधेयक पारित दर्ता गरेको बिरोधमा बिरोध प्रदर्शन गर्न लागिएको हो ।
कार्यक्रम शान्ति पुर्णढंगवाट संचालन गरीने र सरकारले भिजलान्ते प्रयोग गरी आन्दोलन भाड्न खोजे सरकारले ठुलो मूल्य चुकाउनु पर्ने नेपाल तरुणदलका केन्द्रिय सदस्य नृप सुनारले बताए ।
बिरोध सभामा नेपाल तरुणदलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत लगायतका केन्द्रिय नेताहरुले संम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सो कार्यक्रमको तयारीमा नेपाली कांग्रेस कैलाली लगायत सम्पूर्ण भातृ संगठन तयारीमा लागि रहेको पत्रकार संम्मेलनमा जानकारी गराईएको छ । बिरोध पर्दशन धनगढीको चौराहवाट सुरुहने जनाईएको छ ।