तेज बोहरा
धनगढी, १० माघ।कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका फुलवारीको घटना हो, ६९ बर्षिया पद्मामाया थापा आफ्नै कोखबाट जन्म दिएकी छोरीको कारण बिचल्लीमा परेकी छन् ।
छोरा बुहारीले बिवहा गरेपछि आ आफ्नो अंश लगेर अलग बस्न थालेपछि पद्मामायाको सम्पत्तिको नाममा पाचँ कठ्ठा जमिन मात्रै थियो,
बि.सं. २०७२ साल मंसीर २४ गते आमालाई भेट्न धनगढी बुद्वचौक घरबाट फुलवारी आईन् छोरी मन्जु बम, त्यही जग्गामाथी विवाह गरेर पोईलीघर पठाएकी छोरीको कुदृष्टी परेछ ।
त्यही बेला करीब ३ बर्ष अघि हस्ताक्षर मात्रै गर्न जान्ने पद्मामायालाई अनेक बाहाना बनाएर भएभरको घर जग्गा बैंकमा धितो राख्न लगाईन छोरी मन्जुले आफ्नै कोख बाट जन्मीएकी छोरीले यति सम्म छल गर्लिन भन्ने सम्म नसोचेकी पद्मामाया पनि सहमत भईन् ।
कसरी सहमत भईन् पद्मामायाा
“तपाईको पुर्जा मलाई दिनुस् मेरो एक लाख रुपयाँ घडेरी बैना दिएको जफत हुदैछ, तपाईको नाममा पैसा निकालेर तपाईकै नाममा जग्गा पास गर्छु” पद्मामाया भन्छिन् छोरी मन्जुले कति पैसा निकाल्यो, कता खर्च गर्यो मलाई केही थाहा छैन् । तिन बर्षपछि अहिले सुदूरपश्चिमाअञ्चल बहुउद्देश्य सहकारी संस्थाले तेस्रो पटक घरजग्गा लिलामीको पत्र पठाए पछि थाहा पाएको उनले बताईन् ।
छोरीलाई सम्पर्क गर्न खोज्दा कहिले फोन उठ्दैन् उठाईहाले पनि मार्ने काट्ने धम्की दिने पद्यामायाले दुखेसो पोखीन् । उनले आखाँबाट आशु र्झादै भनिन् “तलाई बुढे्कालमा के सम्पत्ति चाहीयो, घरजग्गा बेचेर बैंकको पैसा तिर भन्दै गालि गर्छ छोरीले, घरजग्गा बेचेर कस्कोमा गएर बस्नु ? पश्न गरीन् ।”
कहाँ छन् अहिले मन्जु
दुई बर्ष अघिनै धनगढी उप महानगरपालिकाको बुद्घ चौकमा रहेको घर जग्गा बिक्रि गरी बेपत्ता रहेको बुहारी शुशिला थापाले बताईन् । माईतिहरुबाट लामो समयदेखी सम्पर्क बिहिन भएको उनको भनाई छ ।
पद्यामायाले सम्पर्क गर्न खोज्दा कहिले काठ्माडौंमा रहेको बताउने गरेपनि यकिन ठेगाना भने नबताउने उने जानकारी दिईन् ।
पद्यामाया संग सम्पर्क नम्बर मागेर हामिले सम्पर्क गर्न खोज्दा फोन उठेन् उल्टै केही समयपछि पत्रकारलाई खबर गर्ने भन्दै पद्यामायालाईनै झपारीन् । स्थानियका अनुसार मिटर ब्याजको धन्दा गर्ने मन्जु ठगीका मुद्या परेपछि घरजग्गा बेचेर भागेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले भने मन्जुको बारेमा हाल सम्म कुनै मुद्या जिप्रकामा आएको आफुहरुलाई जानकारी नभएको भन्दै घरायसी लेनदेनको लफडा नहेर्ने डिएसपि हरि ओलिले बताए ।
पद्यामाया छोरी मन्जुको खोजि गरिदिनु पर्यो भन्दै निवेदन दिन लामो समय देखी जिल्ला प्रहरी कार्यालय कैलालीमा आउने गरेको भएपनि आफुहरुले निवेदन दर्ता नगरेको डिएसपि ओलिले भनाई छ ।
प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि प्रहरीले खोजतलासको लागी कुनै सुनुवाई नगरेको पद्यामायाले गुनासो गरीन् ।
के गर्दैछ सुदूरपश्चिमाअञ्चल बहुउद्देश्य सहकारी संस्था
सुदूरपश्चिमाअञ्चल बहुउद्देश्य सहकारी संस्थाले पद्यामायालाई रिण चुक्ताको लागी दुई पटक पत्रपठाएर कुनै पतिक्रिया नआएपछि घरजग्गा लिलामको लागी तेस्रो पत्र पठाएको छ ।
बहुउद्देश्य सहकारी संस्था धनगढीका प्रबन्धक रुपा जोशीले सबै पक्रिया पुर्याएर रिण दिएको बताईन् । उनले रिण दिने क्रममा आफुहरुको कुनै प्रकारको कमजोरी नरहेको भन्दै घरजग्गा लिलाम गरेर भएपनि बैंकको पैसा असुल गर्ने बताईन् ।