धनगढी,१२ माघ ।राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत अभिभावकहरुका लागि साथी÷दौतरी शिक्षा सम्वन्धि एक दिने तालिम सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा तालिम सम्पन्न भएको हो ।
राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न, गर्ने उद्धेश्यले तलिमको आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गर्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वहादुर वडले तालिमवाट अभिभावकहरुमा सचेतना अभिवृद्धि हुन गई प्रारम्भीक तहका विद्यार्थीहरुको पठन सिपमा पर्याप्त सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मेयर वडले प्रारम्भीक तहको पढाईको गुणस्तरका लागि नगरपालिकाले सहयोग गर्ने र त्यसका लागि विशेष कार्यक्रमहरु संचालन गर्न लागेको समेत जानकारी दिए ।
तालिमको उद्धघाटन शत्रमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष गणेश प्रसाद जोशी,वडा सदस्य विर्ष वहादुर सिह,सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम वहादुर शाही,कार्यक्रमका अधिकृत राजेन्द्र रैका,प्रारम्भीक कक्षा पढाई शिक्षक वागेश्वरी चटौत लगायतकाले तालिमले शैक्षिक गुणस्तर बृद्धि गर्नमा महत्वपुर्ण भुमिका खेल्ने धारण ब्याक्त गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष किसनदेव उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो ।