धनगढी,०६ माघ / अत्तरीयामा युवा समुह बिच भएको झगडामा परेर एक जनाको हत्या भएपछि आज अत्तरीया बजार बन्द गरिएको छ । मृतकक युवाका आफन्तले बजार बन्द गराएका हुन् । अत्तरीयामा जारी प्रादेशिक महोत्सवबाट फर्किने क्रममा युवाहरु बीच झगडा हुँदा गोदावरी नगरपालिका १ का १९ वर्षीय अरुण भट्टको हत्या भएको थियो भने घटनामा ३ जना घाईते भएका थिए ।
यता अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव आज एक दिनलाई स्थगित गरिएको छ । युवक हत्याको शोकमा महोत्सव स्थगित गरिएको हो
। महोत्सव स्थल नजिकै घटना भएका कारण आज एक दिनलाई महोत्सव स्थगित गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको छानबिन गरिरहेको जनाएको छ ।