धनगढी,०६माघ ।कैलालीको जानकी गाउँपालिका–७ गोलौरीका एक जनाले श्रीमतीको हत्या गरेर आफु आत्महत्या गरेका छन् । आज बिहानको समयमा ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको बन्चरोले हानेर हत्या गरेपछि आत्महत्या गरेका हुन् ।
उनले श्रीमतीको टाउकोमा बञ्चरोले हानेर हत्या गरेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । प्रेमलालले श्रीमतीको हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेको इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी शिवबहादुर सिंहले बताए ।
घरको बार्दलीमा झुण्डिएर छट्पटाई रहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेर डोरी काटेर बचाउने प्रयास गरिएको थियो । तत्काल अस्पताल पठाईए पनि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक दम्पत्तीका दुई छोरा छन् । एक नाबालक छोरा घरमै र अर्का छोरा गाउँमा रहेको बताइएको छ ।
घटनाबारे प्रहरी थप अनुसन्धान गरी रहेको जानकी गाउँमालिका अध्यक्ष प्रदिवकुमार चौधरीले बताएका छन् ।