धनगढी,०५ माघ ।नेपाली काग्रेसले सुदूरपश्चिमका प्रमुख सचिव नारायण प्रसाद विडारीले पत्रकारमाथि दुव्र्यवहार गरेको घटनालाई सरकारले ढाकछोप गरिरहेको भन्दै आपत्ति जनाएको छ। नेपाली काँग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संसदीय दलको कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै माघ २ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका लिखित रुपमा सूचना माग्न गएका पत्रकार जनक विष्ट र पदम भट्टमाथि दुव्र्यवहार गर्ने प्रमुख सचिवको सर्वत्र आलोचना भइरहेका बेला सरकार बचाउमा लागिपरेको भन्दै आपत्ती जनाएको हो।
नेपाली काँग्रेस, संसदीय दलका नेता डाक्टर रण बहादुर रावल र प्रवक्ता डिल्लीराज पन्तद्धारा हस्ताक्षरीत विज्ञप्तीमा सार्वजनिक महत्वको सूचना माग गर्ने क्रममा प्रदेश सरकारका प्रमुख सचिवबाट पत्रकारद्वय बिष्ट र भट्टमाथि गरिएको दुव्र्यवहारप्रति क्षमायाचना गर्दै भविष्यमा यस्ता कार्य दोहोरिन नदिने कुराको प्रत्याभूति दिलाउन माग पनि गरिएको छ।
यता प्रेस युनियन कैलाली शाखाले पत्रकारको क्यामेरा खोस्दै पत्रकारलाई कार्यकक्षबाट निष्कासन गर्ने प्रमुख सचिवले क्षमा माग्ने मौखिक सहमती विपरीत हास्यास्पद विज्ञप्ती जारी गरेको जनाएको छ। अध्यक्ष श्रवण देउवाद्वारा जारी विज्ञप्तीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट क्षमा याचना र भविष्यमा यस्ता कार्य नदोहो¥याउने प्रतिवद्धता व्यक्त नभए आन्दोलनमा जाने चेतावनी पनि दिइएको छ।