धनगढी,११असोज /धनगढी उप–महानगरपालीककाका प्रमुख नृपबहादुर वडले आफु बिरुद्ध कार्वाहीका लागि प्रशासन गुहार्ने प्रदेश सांसदहरुलाई संविधान जलाउने र देश टुक्राउछु भन्नेलाई कार्वाही गरेर देखाउन चुनौति दिएका छन् ।
प्रदेश नं ७का २२ जना सांसदहरुले बिहीबार बिहिबार उनि बिरुद्ध कार्वाहीका लागि उजुरी दिएपछि प्रतिकृया दिदै नगरप्रमुख वडले नगरवासीको अधिकारकालागि कार्वाही सहन त के ज्यान समेत दिन तयार भएको बताएका छन् ।संविधान दिवशको दिन संविधान जलाउने र मधेस प्रदेश नेपाल होईन भन्नेलाई पक्राउ सम्म गर्न नसक्ने सरकार आफु बिरुद्ध खनिएको बताए । उनले निर्मला पन्तको हत्या अनुसन्धानलाई छायाँमा पार्नका लागि प्रदेश नं ७का सांसदहरुले दशैको मुखमा स्थायी राजधानी र नामाङ्कनको प्रस्ताव संसदमा पेश गरेको बताए ।
नगरप्रमुख बिरुद्ध प्रदेश सांसदले मुद्धा हाल्यो भनेर आन्दोलनलाई कमजोर हुन नदिन नगरवासी संग अनुरोध पनि गरे । उनले शाही कु पछि राजाले आयोग बनाएर जनप्रतिनिधीहरुलाई जेल हालेको बताउदै कम्युनिष्टहरु अहिले यही बाटोमा अघि बढीरहेको बताए । उनले भने,‘कम्यूनिष्ट सरकारका बिरुद्ध बोल्न पाउदैन, हाँस्नपाउदैन भनेको यही हो ।
बुधवारको बिरोध प्रदर्शनमा नगरप्रमुख वडले धनगढी स्थायी राजधानी नभए चौबिस घण्टा भित्र धनगढी छोड्न सांसदहरुलाई चुनौती दिएका थिए । उनले बनमाफिया र भु माफिया संग मिलेर गोदावरीमा राजधानी राख्ने प्रस्ताव ल्याईएको आरोप समेत लगाएका थिए । यस बिषयमा बिहीबार नगरप्रमुख वडले बिज्ञप्ती मार्फत आवेगमा आएर गलत सब्द बोलिन गएको भन्दै आत्म समिक्षा गरेको बताएका थिए । नगरप्रमुख वडको बिज्ञप्तीमा भनिएको थियो,अस्थायी राजधानी समेत भएको धनगढी नगरका बासिन्दा संग सामान्य सुझाव समेत नलिएर जसरी भावना माथीचोट पु¥याउने काम भयो यसकै आवेग र आक्रोस माबुधवारको केहि गलत सब्द निस्कीन गएका हुन ।