बझाङ १२, असोज/ विश्व रेविज सप्ताह देशव्यापी रुपमा चलिरहँदा जुनोटिक रोग बारे एक दिने स्कुल शिक्षा कार्यक्रम गरिएको छ । नेपाल पाराभेटेरीनरी एण्ड लाईभस्टोक एसोसीएसन बझाङ को आयोजना मा हिजो बिहीबार १२ औं विश्व रेबिज दिबस को अबारमा आधार भुत तहका विद्यार्थीहरु लाई रेबिज रोग सम्बन्धि शिक्षा दिएको नेभ्ला बझाङ जिल्ला अध्यक्ष लोकेन्द्र बिष्टले बताए ।
नेपाल पाराभेटेरीनरी एण्ड लाईभस्टोक एसोसीएसन बझाङको आयोजना र लिटीलरोज ईङलि स्कुल सुनकुडाले सहकार्य गरेको कार्यक्रममा ८५ जना विद्यार्थीहरु उपस्थिती थिए । मुख्य प्रशिक्षक नेभ्ला बझाङ जिल्ला अध्यक्ष तथा बुङगल नगरपालिका पशु सेवा साखाका प्राविधिक लोकेन्द्र बिष्टले पशुपक्षंी र मानव बिचको एकअर्का बिच हुने संसर्गबाट लाग्न सक्ने सबै जुनोटीक रोगहरुकाबारे प्रशिक्षण दिएका थिए ।
त्यस्तै १२ औं विश्व रेविज सप्ताहको अवसरमा आज शुक्रबार साबिक जिल्ला पशु सेवा कार्यालयमा घरपालुवा कुुकुर हरुलाई निशुल्क खोप सञ्चालन गरीने पशु सेवा प्राविधिक तथा पुर्व नेभ्ला अध्यक्ष कर्ण खड्काले जानकारी दिए । रेविज बारे जनचेतना फैलाऔंं, अमुल्य जिवन बचाऔं, भन्ने मुल नारा सहित मनाईने १२ औं विश्व रेविज सप्ताह घरपालुवा कुकुरहरुलाइ खोप लगाई विभिन्न कार्यक्रमको आयोेजना गरि साता व्यापी मनाईरहेको उनले बताए ।
कार्यक्रमबारे स्कुलका प्रिन्सीपल पदम बिष्टले यस्तो व्यवहारिक जीवनमा लागु हुने शिक्षा पनि हरेक विद्यार्थीहरुलाई आवश्यक रहेको बताएका छन् ।