तेज बोहरा/ कैलाली/ ११ असोज/ प्रदेश सातको स्थायी राजधानि कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ तेघरी स्थित नेपालि सेनाका ब्यारेक रहेको स्थानदेखि उत्तर पश्चिम, गोदावरी सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पुर्व गोदावरी बजारदेखि दक्षिण यति चार किल्ला हाल सÐसाना बुट्यान मात्र भएको र स्थायी राजधानि लागी प्रर्याप्त सार्वजनिक जग्गा रहेको क्षेत्र भनि संसदीय समितीले राजधानी सिफारीस गरेको ठाउँ विवादित बनेको छ ।
प्रदेश ७ को नामाङकन र स्थायी राजधानि निर्धारण गर्न गठीत बिशेष सुझाव समितिको प्रतिवेदनमा सोही ठाउँ उल्लेख रहेको छ । उक्त ठाउँ साबिक अत्तरिया नगरपालिका हुँदा वडा नम्बर ४ रहेको र हाल गोदावरी नगरपालिका भए पछि वडा नम्बर २ भएको स्थानियको भनाई छ । समितिले हचुवाको भरमा प्रतिबेदन बनाएको उनिहरुले आरोप लगाएका छन् ।
गोदावरी नगरपालिका ४ का वडा अध्यक्ष प्रेम बहादुर भण्डारीले भने यदी बनदेवी मन्दीरको पश्चिम भए वडा नम्वर ४ हो र त्यो भन्दा दक्षिण भए वडा नम्वर २ हो । पटक पटक म्याद थपेर प्रतिवेदन बुझाएको संसदीय समितीलाई राजधानी सिफारीस गरेको ठाउँको वडा नम्वर पनि थाँहा नहुनु कस्तो विडम्वना हो ।