धनगढी/ ११, असोज/ प्रदेश ७ को राजधानी धनगढीवाट गोदावरी नगरपालिका वडा नम्बर ४ तेघरी स्थित राख्ने प्रस्ताव पछि, धनगढी बासी सर्वसाधारण आन्दोलित भएका थिए । हिजो भएको आन्दोलनमा धनगढी उपमहानगरपालिका मेयर नृप वडले प्रदेश सरकार र सांसदहरुलाई धनगढी छोड्न अल्टिमेटम दिएका थिए ।
मेयर ओडले बिज्ञप्ती मार्फत आक्रोसमा गलत शब्द बोलेको स्वीकार गरेका छन् । बुधवार भएको आन्दोलनमा सहभागी भएका मेयर ओडले धनगढी वाहिर राजधानी लैजाने सांसदलाई धनगढीमा वस्ने अधिकार नभएको भन्दै २४ घण्टामा धनगढी छोड्न चेतावनी दिएका थिए ।
उनले यो ठाउँ नछोडेमा वा निर्णय नसच्चएमा सांसद बस्ने ठाउँमा गएर आगो लगाउन पनि पछि नहट्ने चेतावनी दिएका थिए । तर आज प्रेस विज्ञप्ती जारी गर्दै मेयर ओडले आक्रोसमा गलत शब्द बोलेको बताएका हुन । प्रदेश ७ को राजधानी गोदावरीको जंगलमा सार्न भूमाफियाको पनि संग्लना रहेको आरोप मेयर ओडले लगाएका छन् । उनले धनगढीमा पर्याप्त संरचना तयार भईसकेका र भौतिक संरचना निमार्णमा करोडौ पैसा लगानि भएको भन्दै राजधानी नसार्न आग्रह पनि गरेका छन् ।