तेज बोहरा/ धनगढी, २५ भाद्र/प्रदेश नम्बर सातको साबिक सेति अञ्चल हेर्ने आन्तरीक राजस्व विभाग कार्यालय धनगढीमा समयमा काम नहुदा सेवाग्रहीले निकै सास्ती भोग्नुपरेको अवस्था छ ।
अञ्चलकै एकमात्रै आन्तरीक राजस्व विभागमा कर्मचारीको लापरबाही र सेवाग्रहीको अत्याधिक चाप हुदा सेवाग्राहीले लगातार दुई तिन दिन देखी लाईन बसेर काम गर्नु परेको गुनासो गरेका छन् । पहाडी तथा दुर्गम भेग बाट आएर काम गर्नु पर्ने र दिनभरी लाईन बसेर पनि काम नहुदा निकै सास्ती हुने गरेको सेवाग्रहीले गुनासो गरे ।
त्यस्तै कार्यालयमा महीला र पुरुषको लागी छुट्टा छुट्टै लाईन बनाउनु पर्ने भए पनि महीला लाईनमा कर्मचारीनै नभएको महीला सेवाग्रहीले बताए । एक महीलाले बिहान १० बजे बाट लाईन लागेर पनि अहिले ४ बजे सम्म पनि लाईन कुरेर बस्नु परेको पिडा सुनाईन ।
एकातिर कार्यालयमा कर्मचारी अभाव र अर्कोतिर भएका कर्मचारीले पनि सयमा काम नगरी ढीला सुस्ती गर्दा सेवाग्राही निकै मारमा परेका छन् । यस बिषयमा कार्यालय प्रमुखलाई भने कुनै जानकारीनै नभएको जानकारी दिए ।
आन्तरीक राजस्व विभाग कार्यालयका प्रमुख कृष्ण बहादुर बोहराले भने सेवाग्रही कुनै प्रकारको समस्या नभएको बताएका छन् । उनले यस कार्यालयले साबिक सेति अञ्चल हेर्ने भएपनि कैलालीका मात्रै ८० प्रतिशत सेवाग्राही रहेका र अन्य जिल्लाका भने २० प्रतिशत मात्रै सेवाग्रहीले काम गर्ने गरेको कारण सेवाग्रहीको चाप बढी भएको बताए ।