बैतडी, २६ भाद्र/ बैतडीमा आत्महत्याको घटना कम गर्न प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आत्माहत्या गर्नेको संख्यामा भने न्युनिकरण हुनुको सट्टा बढ्दै गएको छ ।
बैतडीमा गत ४ बर्षमा एक सय १५ जानले आत्माहत्या गरे गरेका छन । जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार २०७१ साल साउन देखि हालसम्म १ सय १५ जनाले आत्महत्या गरेको जनाएको छ । बैतडीमा यसरी डरलाग्दो रुपमा आत्महत्याको घटनालाई न्युनीकरण गर्नु आवश्यक छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार आत्माहत्या गर्नेको संख्या बढ्दै गएको छ ।
आर्थिक बर्ष ०७१/७२ मा १६ जनाले आत्महत्या गरेकोमा ०७२/७३ मा २९ जनाले आत्महत्या गरेको देखिएको छ । यस्तै आर्थिक वर्ष ०७३/७४ मा आत्महत्या गर्नेको संख्या बढेर ३६ पुगेको छ । भने गत आर्थिक बर्ष ०७४/७५ मा ३१ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक बर्षमा हालसम्म ३ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । आत्महत्याको अवस्था डरलाग्दो भएकाले तत्काल कारण पत्ता लगाई न्यूनीकरण गर्न जरुरी रहेको जोशीले बताए ।