धनगढी, २५ भाद्र/ कम्युष्टि सरकारले पछिल्लो गतिबिधि प्रति नेपाली जनतामा निराश छाएकाले देशमा ठुलो राजनितिक दुर्घटनाहुन सक्ने नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताउनुभएको छ ।
कैलाली तथा कञ्चनपुरमा नेता तथा कार्यक्रतासंग भेटघाट गर्न कैलाली पुगेका नेता सिटौलाले अत्तरियामा आयोजित कार्यकर्ता भेटघाटका कार्यक्रममा बेल्दै सो कुरा बताएका हुन् ।
पुर्व गृहमन्त्रि समेत रहेको नेता सिटौलले अहिलेको सरकारले दुई तिहाइको दम्भ देखाउँदै जे गरेपनि हुन्छ भन्ने मानसिकताले देशलाई घातहुने बिभिन्न खाले गतिबिधिहरु गरिरहेको देशमा ठुलो राजनितिक दुर्घटना हुनसक्ने बताउनुभयो । अहिले सबैभन्दा बढी गरिब जनता मारमा परिरहेका उहाको भनाई छ ।
सरकारका पछिल्ला गतिबिधिहरुले गरिब जनतामात्रै नभई कर्मचारी, न्यायालय, प्रेस जगत समेतलाई निरासा तर्फ गएको बताउनुभयो ।
दिन प्रतिदिन भइरहेको बलात्कार, हिंसा, जघन्य अपराधका घटनाहरु बढ्दै गएको प्रति निरासा व्यक्त गर्नुभयो । समृद्धिको कुरा गरिरहेको सरकारले आफै समृद्धि पतन गराउँदै गएको उहाको भनाई छ । सरकार आफैले अपराधिक क्रियाकलाप गरिरहेका व्यक्तिलाई संरक्षण गरिरहेको नेता सिटौलाको आरोप रहेको छ ।