धनगढी,१७ भदौ / प्रदेश नं ७ प्रमुख प्रतिपक्षदलका नेता रणबहादुर रावलले मुख्य मन्त्रीले बिना योजना खोक्ने ९बोल्ने० काम मात्रै गरेको आरोप लगाएका छन् ।
आईतबार बित्तिय संस्था कर्मचारी संघले आयोजना गरेको प्रदेश नं ७ स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले यस्तो आरोप लगाएका हुन ।
सरकारका मन्त्रीहरुको बोलीमा कुनै ठेगान छैन प्रमुख प्रतिपक्षदलका नेता रावलले भने,‘सुरुमै कसैले पनि भारतमा गएर चौकिदारी गर्नुपर्दैन भन्ने मुख्य मन्त्रीले यस प्रदेशमा रोजगारी दिनका लागि के गरे रु अहिले पनि भारतमा चौकिदारीका लागि यस प्रदेशबाट दिनहुँ यूवाहरु जाने गरेका छन् नेता रावलले भने,‘यहाँ प्रदेशका मन्त्रीहरुका बोली जोखरका जस्ता छन् ।
प्रदेश सरकारले बजेट ल्याएको एक महिना बित्दा समेत कार्यक्रम बनाउन सकेको आरोप नेता रावलको छ ।
कम्यूनिष्टहरको सरकार सुरुमै असफलताको बाटोमा डोरिएको बताए । बर्तमान सरकार नेपाली कांग्रेस प्रति बिचार राख्ने ट्रेड यूनियनका ब्यक्तिहरुलाई छानीछानी दुःख दिन थालेको बताए । उनले भने,‘अरुको बिचारको सम्मान गर्न नसक्ने कम्यूनिष्टहरु नै अधिनायक बादी हुन ।
प्रदेश नं ७ का मन्त्रीहरुले धनगढीका ठूला होटलमा बसेर भोजभतेर गर्ने गरेको खुलासा गर्दै सांसद रावलले भने,‘यसले समृद्धी होईन प्रदेश उद्योगती तिर जादैछ ।
नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मनुले अन्य ट्रेड यूनियन भन्दा नेपाली कांग्रेसका सुभेच्छुकहरु फरक देखिनुपर्ने बताए । उनले भने,‘कम्यूनिष्टहरु भन्दा हामी फरक यस कारण छौं भनेर ब्यावहारमा देखाउन सक्नुपर्छ ।
नेपाली कांग्रेस कैलालीले सबै भातृसंगठन र सुभेच्छुकहरुलाई नियमित बैठकमा समेत बोलाउने गरेको बताए ।
बित्तिय संस्था कर्मचारी संघका केन्द्रिय अध्यक्ष पदमराज रेग्मीले नेपाली कांग्रेसले आफ्ना ब्यक्तिहरुलाई संरक्षण गर्न नसकेको गुनासो गरे । उनले भने,‘माथी देखि तल्लो तह सम्म यो प्रबृती रहेको छ यसमा सुधार आवस । कार्यक्रम बित्तिय संस्था कर्मचारी संघ प्रदेश नं ७ का अध्यक्ष दिर्घबहादुर शाहको अध्यक्षतामा भएको थियो ।