धनगढी,१७ भदौ ।कैलालीको धनगढी उपमहानगरपलिका वडा नम्बर–१५ का बडा अध्यक्ष फुलराम चौधरीले समाजमा पूmल जस्तै काम गरेर सुगन्धित छर्ने काम गर्दै प्रशंसा कमाउन थालेका छन् ।
समजमा काम गर्न बजेट मात्र चहिन्छ, बजेट बिना काम नै गर्न सकिन्न भन्ने जन प्रतिनिधिहरुलाई चुनौती दिदै उनले हरेक महिना समाजमा एक दिन निशुल्क श्रम दिएर योगदान गर्ने निति लिएर समाजमा चर्चा कमाएका छन् ।
गत सावनमा उनले महिनाको अन्तिम शुक्रवार एक दिन निशुल्क जनश्रमदान गर्ने निर्णय वडा कार्यपलिकामा निर्णय परित गर्दै वडा कार्यलय परिसरको सरसफाई गर्दै आफ्नो आभियानको सुरुवात गरेका छन् ।
अध्यक्ष चौधरीका अनुसार हरेक महिन आफु लगायत वडा कार्यपालिकाका सदस्य कर्मचारीहरु मिलेर ब्याक्तिगत काम देखि लिएर समाजिक कार्यमा आफ्नो कार्यकाल सम्म महिनाको अन्तिम शुक्रबार एकदिन जनताको लागि श्रमदान गर्ने छन् ।
अध्यक्ष चौधरी समाजका हरेक दिन जसो जनताको काममा सक्रिय रहेको उनको फेसबुक स्टाटसवाट पनि प्रस्ट हुने गरेको पाईएको छ ।