धनगढी१७ भदौ/ कैलालीको दक्षिणी क्षेत्रमा रहेको हुलाकी सडकमा खाल्डाखुल्डीका कारण सडक भताभुङ्ग भएको छ । धनगढी उपमहानगरपलिकाको क्यापस रोड देखि कैलारी गाउँपलिकाको पवेरा सम्मको सो सडक भरी खाल्डाखुल्डी परेर सडकको अबस्था जिर्ण बनेको हो ।
सडकको दायाँवायाँ र पिच गरेको सडकमा निमार्ण कार्य सम्पन्न भएको केही समय मै खल्डाखुल्डीका कारण पानी समेत जम्न थालेको छ । जसका कारण स्थानियहरु जोखिम पुर्ण यात्रा गर्न बाध्य भएका छन् भने दैनिक जसो सवारी साधन समेत दुर्घटना हुने गरेका छन् ।
हुलाकी सडक अन्तरगत कैलालीको धनगढी उपमहानगरपलिकाको क्यम्पस चौक देखि पवेरा बजार सम्म सडक कालो पत्रे भएको छ भने सोही स्थानमा खाल्डाखुल्डीका कारण सडक भताभुङ्ग पनि भएको छ ।
हुलाकी सडक बनेपछि कैलालीको धनगढी उपमहानगरपलिका अन्तरगतका पूmलवरी,बेली मनेहरा, कनरी हसुलिया र पवेराका जनतामा जुन खुसी थियो त्यो खुसी अहिले आएर कष्टपुर्ण यात्रमा परिणत भएको स्थानीयको गुनासो छ ।
यस सम्बन्धमा सडक डिभिजन कार्यलयमा पटक–पटक जाँदा समेत कुनै सुनवाई नगरेको धनगढी उपमहानगरपलिका वडा नम्बर १८,१९ र १५का वडा अध्यक्षहरुको अरोप छ ।
उनिहरुले सडक डिभिजनन कार्यलयले चरप लापरवाही गरेको समेत उनिहरुको आरोप छ । दैनिक जसो दुर्घटना बढी रहेका छन् सडकका खाल्डाखुल्डी पुरिदिन भनेर सडक डिभिजन कार्यलयलाई अनुरोध गरेको भए पनि कुनै सुनवाही नगरेको धनगढी उपमहानगरपलिका वडा नम्बर १८का बडा अध्यक्ष मुरारी अधिकारीको आरोप छ । त्यही आरोप वडा नम्बर १९का बडा अध्यक्ष तिलुराम चौधरी र १५का अध्यक्ष फुलराम चौधरीकोे पनि छ । उनिहरुले सरोकारवालहरुले हजारौ जनताको प्रत्यक्ष सरोकारसंग जोडिएको सडक प्रति कुनै चासो नदेखाएको प्रति आक्रोस समेत ब्याक्त गरेका छन् ।
यस सम्बन्धमा धनगढी उपमहानगरपलिकाका नगर प्रमुख नृपबहादुर वडसंग भईरहेको पहलको बारेमा जानकारी लिदा अवश्यक पहल भईरहेको जानकारी दिएका छन् ।
सडकमा खाल्डाखुल्डिका कारण दुर्घटना बढेको पूmलवारी स्थानिय ओम प्रसाद शर्माको भनाई छ । सडक निर्माणका क्रममा गुणस्तरहिन र कमसल निर्माण समाग्रीका कारण सडकमा खाल्डा खुल्डी समेत परेको उनको आरोप छ ।