धनगढी,१७ भदौ ।धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडलेअध्यात्म नै शान्तिका लागि उपयुक्त बाटो भएको बताएका छन् ।
ओम शान्ति धनगढीले श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजनामा गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख वडले आधात्मीक बिचारको प्रर्वद्धन गर्न सकेमा समाजमा घट्ने अपराधिक घटनाहरुमा कमी आउने बताए । उनले भने,‘ अहिले नैतिकता र आधात्मीक बिचारको अभावले समाज बिग्रीदै गएको छ त्यसले ओम शान्तिमा लाग्नु भएकाहरुदले समाजमा सदाचारको संचार गरिदिन म आग्रह गर्छु ।
संस्कार भुलेकाहरुले नै नगर प्रमुख वडले धनगढी उप–महानगरपालीकामा सामुदायीक पशुचौपयाको समस्या सिर्जना गरेको बताए । दुःध खाएर सडकमा गाई छोड्नेहरु नै ठूला ठूला कुरा गर्ने गरेको आरोप नगरप्रमुख वडको थियो । हिन्दु धर्ममा गाईलाई माता मानिन्छ नगर प्रमुख वडले भने,‘आफुलाई धर्मभिरु भन्नेले नै सडकमा गाई छोड्ने गरेका छन् । नगरप्रमुख वडले भावनामा बगेर सस्तो लोकप्रीयताका लागि गौरक्षा गर्छु भन्दै सहयोग उठाएर यो समस्या समाधान नहुने बताए ।
नगर प्रमुख वडले धनगढी उप–महानगरपालीकाले यस पटक एकिकृत सम्पती कर घटाएको बताए । उनले भने, ‘नगरपालीकाले ब्यक्तिगत घटनादर्ता देखि थुप्रै सिफारिस निशुल्क गरेको छ । नगरले गरेका हरेक गतिविधीको निगरानी गर्ने काम नगरवासीको भएको नगरप्रमुख वडले बताए । उनले भने,‘दृष्टीकोण नै नकारात्मक भएका र सुनुयोजित हल्ला गर्नेका पछि नलाग्न म नगरवासीमा आग्रह गर्दछु । उनले कतिपय बाहिर आईरहेका कुरा कसैको तुस,छटपटाहट र रोदन मात्रै हो भनेर धनगढी नगरवासीले बुझिसकेको बताए ।