रमेश ऐडी
फूलवारी । सूर्मादेवी युवा क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुुटबल खेलाडी उत्पादनमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १९, आई गाँउमा रहेको क्लबले उत्पादन गरेका खेलाडीले नेपालको प्रतिनिधित्व गर्र्दै उपाधि समेत जिताएका छन् । सिमित स्रोत,साधन तथा आर्थिक अभावका बाबजुद क्लबले निरन्तर महिला तथा पुरुष खेलाडी उत्पादन गर्दै आएको छ । क्लबले विगत लामो समयदेखि खेलाडीलाई नियमित प्रशिक्षण दिनुका साथै हरेक वर्ष फुटबल प्रतियोतिगा संचालन गर्दै आएको छ । क्लबले हाल ५० जना महिला तथा पुरुष खेलाडीलाई नियमित फुटबल प्रशिक्षण दिईरहेको छ ।
खेलकुद गतिविधिका साथै क्लबले विभिन्न सामाजिक कामहरु पनि गर्दै आएको क्लबका अध्यक्ष राजेन्द्र स्नेहीले बताए । उनले भने, क्लबले विगत देखीनै समाजमा जनचेतना फैलाउने, आर्थिक अभावमा उपचार गर्न नपाएका बिरामीलाई सहयोग गर्ने,समुदायको विकासका लागि पहल गर्ने र सामाजिक विकृतीका विरुद्धमा आवाज उठाउने काम गरेको छ । क्लवले कोरोना महामारीको समयमा निशुल्क मास्क, सेनिटाइजर,सावुन वितरण गर्नुका साथै रक्तदान कार्यक्रम, समुदायको सरसफाइ कार्यक्रम गर्दै आएको क्लवका अध्यक्ष राजेन्द्र स्नेहीले बताए ।
क्लबले प्राप्त गरेका उपलब्धिहरु
सूर्मादेबी युवा क्लबले लामो समयदेखि खेलाडीलाई फुटबल प्रशिक्षण दिइरहेको छ । खेलाडीलाई नियमित प्रशिक्षण गराउने प्रशिक्षक हुन् क्लबका वर्तमान अध्यक्ष राजेन्द्र स्नेही । विगत ८ वर्षदेखी सूर्मादेबी युवा क्लबमार्फत फुटबल प्रशिक्षण गराइरहेका स्नेहीको प्रशिक्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन भएका छन् ।
क्लबका प्रशिक्षक तथा वर्तमान अध्यक्ष स्नेहीले सुदूरपश्चिम प्रदेशको टिमबाट रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि आफुले प्रशिक्षण दिएका खेलाडी छनोट हुदाँ थप हौसला मिलेको बताए । क्लबले प्रशिक्षण सुरु गरेको एक वर्षमा बिनिता बोहरा, निरा सुनार, शान्ता नेपाली र मीना नेपाली सो प्रतियोगिताका लागि छनोट भएका थिए । स्नेहीको प्रशिक्षणमा रहेका क्लबका खेलाडी सिर्जना सुनार र सन्तोषी बोहराले सातौं राष्टिय खेलकुदमा खेल्ने अवसर प्राप्त गरेका थिए ।
सूर्मादेबी युवा क्लवको खेलमैदानमा निरन्तर महिला र पुरुष खेलाडीलाई फुटबल सिकाइरहेका स्नेहीले आर्ठौ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशको सहायक प्रशिक्षक भएर काम गर्ने अवसर पाएको बताए । सुर्मादेबी युवा क्लबका खेलाडी विनिता बोहरा, अस्मिता चौधरी र स्वस्तिका रानामगर सुदूरपश्चिम प्रदेशको टिमबाट आठौं र नवौं राष्टिय खेलकुदमा सहभागी भएका थिए ।
नियमितरुपमा क्लबले खेलाडीलाई प्रशिक्षण दिइरहंदा एकपछि अर्को सफलता प्राप्त भएको स्नेही बताउंछन् । खेलाडीको सफलतामा रमाउने स्नेहीले क्लबका तर्फबाट तलब भत्ता नलिई निशुल्क प्रशिक्षण दिइरहेको बताए । उनले आफु फुटबल खेलाडी हुंदा विभिन्न समस्याका कारण माथिल्लो स्तरको खेलमा सहभागी हुन नपाएको गुनासो गरे । उनले भने, जसरी विभिन्न समस्याका कारण मैले सोचेअनुसार खेल्न पाएन त्यसैगरी कुनै पनि खेलाडी भाइबहिनिले खेलबाट टाढा हुनु नपरोस् भन्ने सोचेर दिनरात मिहेनत गरिरहेको छु ।
सूर्मादेबी युवा क्लबमा प्रशिक्षण गरेकी अस्मिता चौधरी पहिलो पटक नेपालको यू–१५ महिला टिममा छनोट भएकी थिइन् । अध्यक्ष स्नेहीले क्लबमा प्रशिक्षण गरेका खेलाडी राष्ट्रिय टिममा पर्दा नियमित रुपमा अनुशासन पूर्वक मिहेनत गरे सफलता मिल्छ भन्ने महसुस गरेको बताए ।
विपना स्नेही र सीता रोकायाले सन् २०२२ मा बंगलादेशमा सम्पन्न साफ यू–१५ महिला च्याम्पियनसिप खेलेका थिए । सो साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपाल विजेता भएको थियो ।
विपना स्नेही र सीता रोकायाले लगत्तै बंगलादेशमा भएको साफ यू–१७ महिला च्याम्पियनसिप प्रतियोगिता खेलेका थिए । जोर्डनमा भएको यू–१७ एसियन फुटबल प्रतियोगितामा पनि सिता रोकायाले नेपाली टिमबाट खेलेकी थिइन् ।
सूर्मादेबी युवा क्लबमा प्रशिक्षण गरेका पुरुष खेलाडीले पनि हाल सम्म विभिन्न जिल्ला लिग, सि डिभिजन क्वालिफाएर खेल खेलेको स्नेहीले बताए । क्वबकै खेलाडी हिरेन्द्र सिंह बि डिभिजन खेल्न छनोट भएका छन् । उनी आउंदो सिजनका लागी टुसाल क्लवमा आवद्ध भएका छन् ।
सूर्मादेबी युवा क्लबमा स्नेहीले प्रशिक्षण दिएका खेलाडीहरु राष्ट्रिय उपमेयर कप,राष्ट्रिय महिला लिग , जिल्ला लिगहरु खेल्न सफल भएका छन् । क्लवमा प्रशिक्षण गरेका खेलाडी फुटबल सिकेरै नेपाल पुलिस, नेपाल आर्मिमा जागिर खान समेत सफल भएको स्नेहीले जानकारी दिए ।
क्लवको आर्थिक अवस्था
सूर्मादेबी युवा क्लवको नाममा बि।स २०७४ सालसम्म करिब १० बिघा जमिन रहेको थियो । क्लवले धनगढी १९ ललीतपुर टोलमा रहेको सो जमिन बार्षिक ठेक्का लगाएर आम्दानी गर्दै आएको क्लवका अध्यक्ष स्नेहीले बताए । तर वि।स २०७४ पौष २८ गते क्लवका तत्कालीन अध्यक्ष नवराज स्नेहीको अध्यक्षतामा बसेको बैठकले करिब ५ बिघा जमिन जनप्रीय आधारभुत विद्यालयलाई हस्तान्तरण गर्ने निर्णय गर्यो । त्यसपछि क्लबले भोगचलन गर्दै आएको ५ विघा जमिन बार्षिक २ लाख एक हजारमा ठेक्का दिएको थियो । वि।स २०७७ असार ६ गते क्लवका अध्यक्ष राजेन्द्र स्नेहीको अध्यक्षतामा बसेको बैठकले ससस्त्र प्रहरी बललाई कार्यालय व्यवस्थापनका लागी १ बिघा दिने निर्णय गर्यो । हाल क्लवले बांकी रहेको ४ बिघा जमिन बार्षिक १ लाख साठि हजारमा ठेक्का दिएको स्नेहीले जानकारी दिए ।
हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला तथा पुरुष फुटबल खेलाडी उत्पादन गरिसकेको क्लबको आर्थिक अवस्था कमजोर रहेको छ । क्लबका अध्यक्ष तथा प्रशिक्षक स्नेहीले नियमित ५० जना खेलाडीलाई प्रशिक्षण गराउंन आवश्यक खेलकुद सामाग्री खरिद गर्न चुनौती रहेको बताए । उनले क्लबको आम्दानी भन्दा खर्च धेरै आउने भएकाले प्रशिक्षण गराउन कठिनाई भइरहेको बताए । उनले खेलकुद सामाग्री खरिद, प्रतियोगितामा सहभागि हुदां लाग्ने खर्च, कमजोर आर्थिक अवस्थाका खेलाडीलाई जर्सि, बुट सहयोग गर्दा क्लबलाई बार्षिक २ लाख भन्दा बढि रकम आवश्यक पर्ने बताए । क्लवको बार्षिक आम्दानी १ लाख साठि हजार मात्र भएकाले खेलकुद सामाग्री खरिदको लागी बाहिरी सहयोग जुटाउनु पर्ने बाध्यता भएको स्नेहीले गुनासो पोखे ।
प्रशिक्षक स्नेहीले फुटबलको आधिकारीक संस्था जिल्ला फुटबल संघले हालसम्म कुनै सहयोग नगरेको बताउंदै खेलाडीको सफलतामा फुटबल संघले जस लिने काम मात्र गर्ने गरेको आरोप लगाए । उनले क्लवको कमजोर आर्थिक अवस्थाको असर प्रशिक्षणमा पर्ने भएकाले क्लबलाई आर्थिक सहयोग गर्नसमेत अनुरोध गरे ।