हसुलिया। कैलारी गाउँपालिकाले पालिका भित्रका विद्यालयमा ५ दिन गर्मी बिदा दिने निर्णय गरेको छ । आज आइतबार एक सुचना जारी गर्दै गाउँपालिकाले सामुदायिक तथा सस्थागत विद्यालयहरुमा जेठ २९ गते देखि असार 1 गते सम्म बिदा दिने निर्णय गरेको हो । पछिल्लो समय अत्यधिक गर्मी बेढेकाले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने देखियकाले हिउँदे वा बर्से बिदाबाट मिलाउने गरि बिदा दिइएको सुचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाले विद्यालयहरुमा दादुरा रुबेलाविरुद्धको खोप लगाइरहेकाले खोप कार्यक्रमलाई असर नपर्ने गरि पठनपाठन कार्य नगराउन अनुरोध गरेको छ ।