हामि संग जोडिनुहोस

समाचार

फूलबारी क्याम्पसका अध्यक्षले ज्यान मार्ने धम्की दिएः पाण्डे, पुष्टिभए कारवाही भोक्न तयारः बस्नेत

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२
  • सुन्नुहोस् 
585  
Banner

धनगढी । पटक–पटक बिवादमा आईरहने फूलवारी बहुमुमी क्याम्पसमा फेरी बिवाद सिर्जना भएको छ । क्याम्पसमा निर्माण भएको छात्रावासको बिषयलाई लिएर क्याम्पस अध्यक्ष  र अन्य समितिका सदस्यहरुमा ब्यापक मतबेद सिर्जना भएको पाईएको छ । सोही बिषयको बिवाद एकअर्का प्रति आरोप प्रत्यारोप र धम्की सम्म पुगेको बताईएको छ । यसै बिषलाई लिएर पछिल्लो समयमा  क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार बस्नेतले ज्यानको धम्की दिएको आरोप लागेको छ । अध्यक्ष बस्नेत र निर्माण व्यवसायी दुुर्गाप्रसाद अधिकारीले क्याम्पस व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पाण्डेलाई धम्की दिएको आरोप लागेको छ ।

No description available.

पाण्डेले क्याम्पसको भवन निर्माणमा आर्थिक अनियमितता गरेको आशंकामा असहमती जनाउदै विरोध गर्दा उल्टै ज्यान सम्बन्धी धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुुरक्षाको माग गर्दै निवेदन दिएका छन् । पाण्डेले उनीहरुले आफु र आफ्नो परिवारका सदस्यलाई सिध्याइदिने धम्की दिएकोले कारवाहीको माग समेत गरेका छन ।

No description available.
‘अध्यक्ष बस्नेतले मलाई पटक–पटक तलाई सिध्याइदिन्छौँ भनेर धम्की दिदै आएका थिए । पछिल्लो पटक असार २७ गते फोन गरेर क्याम्पसको विषयमा धेरै चासो दिइस् र असहमतीको निर्णय फिर्ता लिइनस भने तिम्रो बालबच्चा र तिमीलाई एक हप्ताभित्र गायब पारिदिनछु भनेर धम्की दिए,’ पाण्डेले भने । निर्माण व्यवसायी दुर्गा अधिकारीले पनि अब तिमीहरुको पालो सकियो भन्दै धम्क्याएको उनको आरोप छ ।
उनले क्याम्पसमा भएका अनियमितताको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन र आफ्नो जिउ ज्यानको सुरक्षा गरिदिन स्थानीय प्रशासनसँग माग गरेका छन । 

यता क्याम्पसका अध्यक्ष बस्नेतले भने पाण्डेलाई कुुनै पनि धम्की नदिएको दाबी गर्दै आरोप कपोकल्पीत र निराधार भएको दाबी गरेका छन् ।‘मैले धम्की दिएको भन्ने कुरा कपोकल्पीत र झुठो हो । उहाँले निर्माण व्यवसायी दुर्गा अधिकारीको गोदाम प्रयोग गरेर बैँकबाट ऋण लिनुभएको हो । अधिकारीले गोदाम दिन्न भनेपछि उहाँहरुबीच विवाद भएको हो, ।’ बस्नेतले भने, ‘उहाँहरु दुई जनाबीचको लडाइँमा अनावश्यक रुपमा मलाई बोकाइएको हो ।’पाण्डेलाई धम्की दिएको पुष्टि भएमा आफु कारवाही भोग्न तयार रहेको बस्नेको भनाइ छ । 

No description available.

फूबारी बहुमुखी क्याम्पसमा प्रदेशको सामाजिक विकास मन्त्रालयको ४४ लाख बजेटमा निर्माण भएको छात्रवास भवनमा स्टमेटअनुसार काम नभएको र अनियमितता गरिएको भन्दै क्याम्पस व्यवस्थापन समिति नै विभाजित भएको छ । सोही विवादका कारण अहिले क्याम्पसको खाता रोक्का गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार