समाचार
भारतबाट नगद र गरगहना चोरी गरी नेपाल प्रवेश गर्न लागेका तिन नेपाली पक्राउ
धनगढी । भरतबाट ६१ हजार नगद र १७ लाख भारतिय रकम बराबरको एक सय ६० ग्राम सुन चोरी गरेर नेपाल ल्याईरहेका तिन जना नेपाली पक्राउ परेका छन् । भारतको कर्नाटकबाट चोरी गरी नेपाल प्रबेश गर्न लागेका राजु खड्का, विकास कुमार र किरण खड्का गौरीफन्टामा पक्राउ परेका हुन् ।
नेपालको बझाङ निवासी २१ बर्षीय राजु खड्का, २१ बर्षीय विकास कुमार र ३४ बर्षीय किरण खड्कालाइ भारतिय प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले भारतको कर्नाटकको न्यायधिसको घरमा काम गर्ने क्रममा चोरी गरि ल्याईएको भारतय प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरुलाई पक्राउ गरी लखिमपुर अदालतमा पठाएको छ ।