एयर इन्डियाको जहाँज गुजरातको अहमदाबादमा दुर्घटना - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

एयर इन्डियाको जहाँज गुजरातको अहमदाबादमा दुर्घटना

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-२९
  • सुन्नुहोस् 
486   
  एयर इन्डियाको जहाँज  गुजरातको अहमदाबादमा  दुर्घटना

काठमाडौं । एयर इन्डियाको जहाँज गुजरातको अहमदाबादमा दुर्घटना भएको छ । विमानमा ६१ जना विदेशी नागरिक रहेको जनाइएको छ। जसमा बेलायतका ५३, पोर्चुगलका ७ र एक जना क्यानडाका नागरिक रहेको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विमानमा १६९ जना भारतीय नागरिक र १२ जना क्रु मेम्बर रहेको बताइएको छ। बिहीबार गुजरातको अहमदाबाद विमानस्थलबाट लन्डनको लागि उडान भरेको एयर इन्डिया ७८७ विमान केही मिनेटमै बस्तीमा खसेको थियो। विमान डाक्टहरू बस्ने होस्टेलमा खसेको त्यहाँको प्रहरी अधिकारीले बताएका छन्। उक्त होस्टेलमा ५०–६० जना बस्दै आएको बताइएको छ।

विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानी पनि सवार रहेको बताइएको छ। घटनाको पूर्ण विवरण आइसकेको छैन। उद्धार कार्य जारी रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार