धनगढी। धनगढीका सुनचाँदी व्यवसायीहरू हातमा चाबी लिएर आन्दोलित बनेका छन्। सरकारले ल्याएको नयाँ कर प्रणाली बिरुद्ध सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् । आन्दोलनका बिभिन्न कार्यक्रम अनुसार उनिहरुले बिहिबार धनगढी चौराहा देखी जिल्ला प्रशासन कार्यालय सम्म हातमा चावी लिएर बिरोध याली निकालेका छन् । नयाँ कर प्रणाली खारेजीको माग गर्दै उनिहरु आन्दोलित बनेका हुन् । प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएर शुरु भएको आन्दोलन नियमित रुपमा अघी बढ्ने उनिहरुको दावी छ ।
सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मूल्यभन्दा बिक्री मूल्य फरक हुनुपर्ने स्वाभाविक अवस्था रहेको नेपाल सुनचाँदी व्यवसायी सघं कैलालीका अध्यक्ष यदु सुनारले बताए । यस्तो प्रक्रिया व्यवसायमा घाटा पु¥याउने भन्दै यसमा पुनर्विचार गर्न उनले माग गरे । हाल लागू भएको १३ प्रतिशत भ्याट तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्न उनले माग गरे । कर संरचना परिवर्तन नगरी पूर्ववर्ती अवस्था कायम राख्नसमेत सुनचाँदी ब्यवसायीहरुको माग छ । निर्यात हुने सुनचाँदीमा ५ प्रतिशत टीडीएस हटाउने व्यवस्था मिलाउन समेत माग गरेका छन् ।
हालको कर संरचनाले व्यवसाय, रोजगारी तथा बजारमा प्रतिकूल असर पार्ने खतरा रहेको छ । भारतीय बजारको तुलनामा नेपाली सुनचाँदी गहनाको मूल्य अत्यधिक महँगो हुने स्थिति आउँदा कालोबजारी तथा चोरी पैठारी बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ । व्यवसायीहरुले सरकारलाई अविलम्ब वैठक गरी समस्या समाधान गर्न आग्रह गरेका छन्, अन्यथा थप आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्
।
तपाइको प्रतिक्रिया दिनुहोस्