सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-२८
  • सुन्नुहोस् 
189   
सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

 काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दलहरू आज पनि सहमतिमा पुग्न नसक्दा संसद बैठक सन्चालन अन्योलमा परेको छ ।

संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका नेताहरुको संयुक्त बैठक बसेको थियो ।

तर गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको हो ।

सभामुखसहितको छलफल पछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमा छन् । कांग्रेसको नेतृत्व उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रको नेतृत्व वर्षमान पुनले गरेका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार