गंगादशहरा मेलाको लागि शिवगंगा नदीदेखि बेहडाबाबासम्म निशुल्क बस सेवा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

गंगादशहरा मेलाको लागि शिवगंगा नदीदेखि बेहडाबाबासम्म निशुल्क बस सेवा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-२१
  • सुन्नुहोस् 
399   
गंगादशहरा मेलाको लागि शिवगंगा नदीदेखि बेहडाबाबासम्म निशुल्क बस सेवा

 धनगढी । आज राति १२ बजेदेखि गंगादशहरा मेलामा बेहडाबाबा दर्शन गर्न जाने भक्तजनहरुका लागि निशुल्क बस सेवा सुरु गरिएको छ । धनगढी उपमहानगरपालिका–१६, रामपुर स्थित गंगादशहरा मेलामा जाने भक्तजनहरुका लागि आज राति १२ बजेदेखि भोली बेलुकासम्म निशुल्क बस सेवा सञ्चालन गरिने भएको छ ।

धनगढी उपमहानगरपालिका–१७, शिवगंगा नदीदेखि बेहडाबाबा मन्दिरसम्म निशुल्क बस सेवा सञ्चालन हुने उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए । हिजो प्रमुख जिल्ला अधिकारी, बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष लगायतको उपस्थितीमा बसेको बैठकले सो निर्णय गरेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च