धनगढीमा सर्वोदय माबि फूलवारीको नतिजा सर्वोत्कृष्ट - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढीमा सर्वोदय माबि फूलवारीको नतिजा सर्वोत्कृष्ट

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२७
  • सुन्नुहोस् 
 
धनगढीमा सर्वोदय माबि फूलवारीको नतिजा सर्वोत्कृष्ट

 धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्थित श्री सर्वोदय माध्यमिक विद्यालयले सर्वोत्कष्ट नतिजा ल्याएको छ ।

धनगढी उपमहानगरपालिका स्तरिय आधरभुत तह कक्षा ८ को परीक्षामा सर्वोत्कउष्ट नतिजा ल्याएको हो । विद्यालयले ९५।१६ प्रतिशत नतिजा ल्याई सामुदायिक विद्यालय तर्फ सर्वोत्कृष्ट भएको प्रधानाध्यापक धर्मानन्द अवस्थीले जानकारी दिए ।

विद्यालयबाट कक्षा ८ को परिक्षामा सहभागी ६२ जना विद्यार्थी मध्ये ५९ जना ३ जिपीए भन्दा माथि र एक जना २।९४ र २ जना मौका परिक्षा पाएको उनले बताए ।

उपमहानगरपालिकाले यो वर्ष सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजामा सुधार भएको जनाएको छ । बुधबार उपमहानगरपालिकाले सार्वजनिक गरेको शैक्षिकसत्र २०८१ को नतिजा गत वर्ष र अघिल्लो वर्षको तुलनामा सुधार नगरप्रमुख गोपाल हमालले बताए ।

शैक्षिकसत्र २०७९ मा धनगढीका ४४ सामुदायिक विद्यालयको कक्षा ८ मा जम्मा ९ दशमलव ४७ प्रतिशत विद्यार्थी पास भएका थिए । यस्तै, गत शैक्षिकसत्र २०८० मा सामुदायिक विद्यालय तर्फ कक्षा ८ का ३० दशमलव ७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यो वर्ष थप सुधार भएर कुल परीक्षार्थीको ४२ दशमलव १० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको युवा, खेलकुद तथा शिक्षा महाशाखाले जनाएको छ ।

महाशाखाले प्रकाशित गरेको नतिजामा यो शैक्षिकसत्रमा ४४ सामुदायिक विद्यालयबाट दुई हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा एक हजार २३३ जना पास भएका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च