हामि संग जोडिनुहोस

समाचार

कञ्चनपुरमा एकैदिन ३७ जुवाडे पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२४
  • सुन्नुहोस् 
78  
Banner

कञ्चनपुरमा एकैदिन ३७ जुवाडे पक्राउ परेका छन् । छुट्टाछुट्टै दुई स्थानमा प्रहरीले बुधबार राति छापा हान्दा ३७ जना पक्राउ परेका हुन् ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार बेलौरी नगरपालिकाबाट २७ र कृष्णपुर नगरपालिकाबाट १० जना गरी ३७ जना पक्राउ परेका हुन् । बेलौरी नगरपालिका–५ शोभा तालस्थित शंकर चौधरीले अधिया गरी बसेको चामु चौधरीको बाझो घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका हुन् । 

्लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देउ बस्ने ३२ वर्षीय जीवन चौधरीसहित २७ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको साथबाट ५१ हजार एक सय २८ नगद पनि बरामद गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।यस्तै, कृष्णपुर नगरपालिका–४ का प्रकाश ऐरकोमा जुवातास खेलिरहेको अवस्थामा वडा नम्बर ५ का ३५ वर्षीय दिलबहादुर चौधरीसहित १० जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट एक लाख २७ हजार नौं सय ७२ रुपैयाँ नगद पनि बरामद गरिएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्