हामि संग जोडिनुहोस

समाचार

भारताल साझेदारी वनकाे अध्यक्षमा पुन: भण्डारी सर्वसम्मत चयन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१३
  • सुन्नुहोस् 
819  
Banner

धनगढी। कैलालीकाे धनगढी स्थित भारताल  साझेदारी वन  उपभोक्ता  समुहकाे अध्यक्षमा दाेस्राे कार्यकालका लागि यादव प्रसाद भण्डारी चयन भएका छन् ।  वनकाे दाेस्राे साधारणा सभाले  भण्डारीकाे अध्यक्षतामा  उपाध्यक्ष पछि छनाेट गर्ने गरी१७ सदस्यीय कार्यसमिति  सर्वसम्मत चयन गरेकाे हाे । जसकाे सदस्य सचिवमा  सव डिभजन वन कार्यालय फूलवारीका जिवछ यादव, सदस्यहरुमा यमुना भट्ट,माेहनराज ओझा,धुर्व कठायत,केवल रानाभाट,जानकी देवि राेकाय, रामदिन चाैधरी,खेमबहादुर चन्द, दिपेन्द्र घर्तीमगर,टंक बास्काेटा, प्रकाश रानाभाट, छत्रबहादुर शाही ,रामसमझ चाैधरी, विष्णुजाेशी, र अक्कल बहादुर भण्डारी रहेका छन् ।
यसैगरी सल्लाहकार उपसमिति संयाेजकमा राधा मिश्र ,पदम अधिकारी  रहेका छन् ।  एक सदस्य पछि थप गरिने बताईएकाे छ ।
यसैगरी  अनुगमन उपसमितिमा बलिराम चाैधरी संयाेजक  चयन भएका छन् । सदस्यहरुमा  भिमबहादुर चाैधरी र सुस्मिता चाैधरी रहेका छन् ।
लेखा समिति संयाेजकमा  निर्मल चाैधरी सदस्यमा  सरस्वती चन्द चयन भएका छन् भने एक सदस्यपछि छनाेट गरिने बताईएकाे छ ।
राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे । प्रदेश सभासदस्य रमेश धामी , डम्वरी महरा लगायतकाे सहभागिता रहेकाे थियाे । धनगढी उपमहानगरपालिकाका ११ वडा र कैलारीका २ वडा गरि भारताल साझेदारी वनकाे कार्यक्षेत्र रहेकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्