हामि संग जोडिनुहोस

समाचार

मिसन ८४ र देशको बागडोर सम्हाल्न नेपाली काँग्रेसको राष्ट्रव्यापी अभियान : केन्द्रीय सदस्य डा. रावल

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२३
  • सुन्नुहोस् 
843  
Banner

डडेल्धुरा । पार्टीको संगठनबारे बुझ्न नेपाली काँग्रेसले देशभरका ७७ वटै जिल्लामा केन्द्रिय सदस्य अथवा पार्टीका जिम्मेवार नेताहरु लाई केन्द्रिय प्रतिनिधि तोकेर पठाएको छ । जिल्लामा भएका गतिबिधि छ र बिषेश गरि जुन संरचना रहेकोछ जिल्ला सभापती देखि लिएर टोल तहका सभापती यो साँच्चिकै कति फङसनल छन त रु भनि बुझ्न राष्टव्यापी अभियान सञ्चालन गरिएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा। रणबहादुर रावलले बताएका छन ।

बझाङ्ग जिल्लाका लागि केन्द्रिय प्रतिनिधि तोकिए आएका डा। रावलले सोमबार डडेल्धुरामा युनियनकर्मी संग छोटो कुराकानी गर्दै उनले अबको निर्वाचन २०८४ मा हुने भएकाले मिसन ८४ को तयारी गर्नु पर्ने आन्तरिक समस्यालाई कम गर्दै गतिबिधि बढाउदै लैजान अभियान सञ्चालन गरिएको बताए । नेपाली काँग्रेसले नै देशको बागडोर सम्हाल्न सक्छ भन्ने जानकारी दिन पनि अभियान सञ्चालन गरिएको उनको भनाई थियो ।

मलाई बझाङ्ग जिल्लाका लागि प्रतिनिधि खटाएको छ । म बझाङ्ग जादै छु । उनलेभने, बझाङ्ग जिल्ला प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्ला हो । प्रदेशका निर्वाचन क्षेत्र दुई वटा रहेका छन । त्यो ठाउँमा कस्तो खालको संगठनकनको गतिबिधि छ । संरचनाहरु पूर्णतया फुलफिल भएको छ कि छैन । कार्यक्रमहरु नेपाली काँग्रेसको बिधि विधान अनुसार गरिरहेका छन कि छैनन् त्यो हेर्ने । साथसाथै अहिले बढि भन्दा बढि सदस्यता बढाउने भन्ने छ । सबै क्रियाशिल बढाउने होईन कि साधारण सदस्य बढाउने हो । अहिले अनलाईन मार्फत पनि जुनसुकै बेला नेपाली काँग्रेसको सदस्य बन्न पाउने व्यवस्था गरिएको छ ।

यसको अर्थ नयाँ सदस्य पनि बढाउने र संगठित साथीहरुलाई सक्रिय बनाउने हो । गाउँ वस्तिमा विभिन्न खालका विपद बाढी पहिरोले क्षती पुगाउछ । समस्या समाधान, विपद व्यवस्थापनका लागी पार्टी बाहिर रहेका युवाहरुको ठूलो भूमिका निभाईरहेका हुन्छन । उनिहरुलाई पनि हौसला दिन पार्टीको सदस्य दिएर संक्रिय बनाउने, सेवा दलका रुपमा स्थापित गर्न पनि यो अभियान सञ्चालन गरिएको उनले बताए ।

विगतमा भएका राम्रा कामहरु लाई थप्ने काम भयो भने जति ग्यान समस्याहरु छन जस्तो कि कतिपय ठाउँमा गुट उपगुटहरु देखिएका छन । उनलेभने, एकले अर्कालाई भेटघाट सम्म पनि गरिरहेका छैनन् । केन्द्रिय प्रतिनिधि गईसके पछि सबैलाई एक ठाँउमा बसाउने, पार्टीको मूल काममा लगाउन प्रेरित गर्ने, गुट, उपगुटको अनुमान र भावना पनि नरहनेगरि पहिलो चरणमा १० दिन भित्र प्रयास गर्ने छौ ।

त्यसपछि अनवरत रुपमा प्रत्येक दुईरदुई महिनामा केन्द्रिय कार्य समतिको बैठक पनि बसाउछौ । जति पनि प्रगती भएका छन त्यसमा फेरी पनि थप्नु पर्छ भने प्रतिनिधि खटाएर जिल्ला पठाउछौ । समस्या समाधान गर्ने हाम्रो प्रयास रहने छ । नेपाली काँग्रेस अब सबैको साच्चिकै देशको पार्टी बनाउन सभापती शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ । उनले थपे, काँग्रेसले नै हो देशको बागडो सम्हाल्न सक्ने भनेर अब तपाईहरु लाग्नुस भन्नुभएको छ ।

पहिले अर्थ सम्बन्धिको विभाग ४०औँ नम्बरमा थियो । अहिले पहिलो नम्बरमा संगठन विभाग र दोस्रोमा अर्थ सम्बन्धिको विभाग राखेका छौ । उनले भने, आफ्नो आम्दानीको विवरणका लागी अनिवार्य रुपमा अनौपचारिक रुपमा अडिट गर्ने बिषयमा छलफल भएको छ । अरु काम गरे वाफतको आम्दानी र कृषि कार्य गरेपछिको आम्दानीको विवरण राख्न अनौपचारिक अडिट गर्ने बिषयमा छलफल भएको छ । बाँझो जमिनलाई बाह्रै महिना उब्जनी गर्नेगरि छफल गरिएको र सरकारले पनि यो नीतिमा मात्रै सिमित नराखी प्रयोगमा ल्याउन पर्ने उनले बताए ।


केन्द्रीय प्रतिनिधिहरु पहिलो चरणमा २० देखि ३० साउनसम्म आन्तरिक पार्टी संगठन सुदृढीकरणका लागि परिचालित भएका छन । दोस्रो चरण भदौ १० देखि २४ गतेसम्म तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार