सभामुखले घिमिरेले शीर्ष नेताहरुको बैठक बोलाए - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

सभामुखले घिमिरेले शीर्ष नेताहरुको बैठक बोलाए

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-२६
  • सुन्नुहोस् 
846   
सभामुखले घिमिरेले शीर्ष नेताहरुको बैठक बोलाए

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । सभामुखको कार्यकक्षमा आज बिहान साढे ११ बजे प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक बोलाइएको हो ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाइएको उनको सचिवालयले जनाएको छ ।यही वैशाख २८ गतेदेखि सुरु हुने बर्खे अधिवेशन सहज रुपमा सन्चालनको वातावरण बनाउने प्रयासमा शीर्ष नेताहरुलाई बैठकमा बोलाइएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समितिको अडान राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार