हामि संग जोडिनुहोस

समाचार

मायामेट्राेमा एक महिलाकाे मृत्युु , अस्पतालले लापरबाही गरेकाे आराेप

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-११
  • सुन्नुहोस् 
450  
Banner

धनगढी: धनगढीको मायामेट्रो अस्पतालमा एक बिरामीको मृत्यु भएको छ। आज (मंगलबार) बिहान ५ बजेको समयमा अस्पतालमा उपचाररत एक महिला बिरामीको मृत्यु भएको हो।

आफन्त स्राेतका अनुसार बझाङको थलारा गाउँपालिका ६ की ४२ वर्षीया बाटुली धामीको उपचारका क्रममा मृत्यु भएको हो। पाठेघरको समस्या देखिएर १० गते अस्पताल भर्ना भएकी उनको अपरेसनपछि मृत्यु भएको बताइएको छ।

उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। यस्तै अहिले अस्पताल तनाव भएपछि प्रहरी परिचालन गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च