हामि संग जोडिनुहोस

समाचार

रास्वपाको निष्कर्ष : यही शैलीले पार्टी अघि बढ्न सक्दैन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-२२
  • सुन्नुहोस् 
123  
Banner

काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धक्का लागेको ठहरसहित निर्मम समीक्षा गर्ने भएको छ ।इलाममा प्राप्त परिणाम रास्वपाका लागि अनपेक्षित भएको पार्टी बैठकमा छलफल भएको छ । रास्वपालाई प्राप्त नतिजाले शिक्षा दिएको शुक्रबार बसेको सचिवालयको बैठकले निष्कर्ष निकालेको छ ।

‘जनताले मतको घण्टी नबजाएर सांकेतिक घण्टी बजाइदिएको रूपमा ग्रहण गर्ने निर्णय भएको छ,’ महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले भने ।

उपनिर्वाचनमा चौथो स्थानमा खुम्चिएकाले पार्टीभित्र कमी कमजोरी भएको निष्कर्ष निकालिएको छ । पार्टीले अहिलेसम्म गरिरहेका कार्यको पुनर्मूल्यांकन गरिने भएको छ ।

‘पुनर्मूल्यांकन गर्दा पार्टीले लिएको संगठनको आधार, क्याडर बेस्डमा जाने वा मास बेस्डमा जाने सबै कुराको पुनरावलोकन गर्ने निर्णय भएको छ,’ ढकालले भने ।

कमजोरीहरू पहिल्याउनका लागि देशभर भ्रमण गरी अध्ययन प्रतिवेदन पेस गर्न महामन्त्री ढकाललाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

महामन्त्री ढकाल सहितको टोलीले जेठको दोस्रो सातादेखि पार्टीको अवस्था र सुधार गर्नुपर्ने विषय पहिल्याउन देशभर अध्ययन भ्रमण गर्ने भएको छ । ढकालले पेस गरेको प्रतिवेदनका आधारमा पार्टीले नयाँ दिशा तय गर्ने भएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च