समाचार
नव नियूक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियूक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा भव्य समारोहका बिच नवनियूक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियूक्त भएका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियूक्त शिवराज भट्टलाई प्रदेश प्रमुख देवराज जोशीले सपथ खुवाएका थिए भने भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री घनश्याम चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले सपथ खुवाएका थिए ।
मुख्यमन्त्रीमा नियूक्त भएपछि कमलबहादुर शाहले बुधबार तेस्रो पटक मन्त्रीमण्डल विस्तार गरेका हुन । यो संगै प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाएको छ ।उनी मुख्यमन्त्री भएदेखि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्रीबिहिन थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्