समाचार
यातायात व्यवस्था कार्यालयले अनिश्चितकालका लागि स्थगन गरेका सेवाहरु भोलिदेखि सुचारु हुने

धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीले अनिश्चितकालका लागि स्थगन गरेका सेवाहरु पुनःसुचारु गरिने जनाएको छ । कार्यालयले आज सुचना जारी गर्दै श्रावण १५ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएका सेवाहरु भोलि श्रावण १८ गतेदेखि पुनः सुचारु गरिने जनाएको छ ।
कार्यालयले आन्तरिक व्यवस्थापन लगायत विविध कारण देखाई सवारीको दर्ता र नामसारीको कार्य अनिश्चितकालका लागि स्थगन गरेको थियो । यस अघि कार्यालयले उक्त सेवाहरु अनिश्चितकालका लागि बन्द गरिने भन्दैे श्रावण १५मा सुचना जारी गरेको थियो ।
तर सेवा बन्द हुने समाचार प्रकाशित भएपछि प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले ध्यानाकर्षण भएको बताउंदै सेवा संचालनको लागि पहल गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्