हामि संग जोडिनुहोस

समाचार

धनगढी -१४ को शिक्षा समितिद्धारा विद्यालय समायोजनको विरोध

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-१८
  • सुन्नुहोस् 
3.19K  
Banner

धनगढी । धनगढी १४ को शिक्षा समितिले उपमहानगरपालिकाले गरेको विद्यालय समायोजन सम्बन्धि निर्णयको विरोध जनाएको छ । आज बुधवार बसेको वडा शिक्षा समितिको बैठकले उपमहानगरपालिकाले अबैज्ञानिक ढंगले विद्यालय समायोजन गर्ने निर्णय गरेकाले विरोध जनाएको बताइएको छ । 

वडाका सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक,जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिबीको सहभागिता रहेको बैठकले सो निर्णयको बिरोध गरेको हो । 

यहि साउन १५ गते बसेको धनगढी नगरकार्यपालिका बैठकले केही विद्यालय गाभ्ने र केहीका कक्षाहरू नजिकका विद्यालयमा समायोजन गर्ने निर्णय गरेको थियो । 

सोही निर्णय अनुुसार धनगढी १४ एच गाउँ स्थित सिद्धार्थ आधारभुत विद्यालयलाई सर्बोदय माध्यामिक विद्यालय सी गाउँमा गाभिएको थियो । सम्बन्धित विद्यालय र वडा संग छलफल नगरी उपमहानगरले सो निर्णय गरेको भन्दै वडा शिक्षा समिति लगायत स्थानीयले विरोध जनाएका छन् ।

साथै बैठकले विद्यालय समायोजन गर्दा त्रुटि भएको भन्दै निर्णयमाथी पुर्नविचार गर्न उपमहानगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार