धनगढी। सरकारले यसअघि गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुप सञ्चालन गर्ने निर्णय गरेकोमा आगामी बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने बताएको छ।
सोमबार संघिय संसदमा अर्थमन्त्री डा। प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक गर्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने बताएका हुन्। सरकारले आर्थिक वर्ष २०६६र०६७ मा मेडिकल कलेज निर्माण स्थापना गर्न घोषणा गरेको थियो। तर प्रारुपबारे २०६५ देखि नै अन्योलता देखिएको थियो ।त्यसपछि वर्तमान सरकारले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय चलाउने निर्णय गरेको थियो। गत माघ २९ गते सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेर हाल आएर बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने निर्णयको बिरोध र आलोचना हुन थालेको छ।
सरकारले गेटा मेडिकल कलेज सञ्चालनको प्रारुप टुंग्याएपनि स्थानियहरुले भने उक्त निर्णयको विरोध भैरहेको हो । मेडिकल कलेज सञ्चालनको लागि थालिएको अभियानका उपसंयोजक आनन्द भट्टले सरकारले मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर आफुहरुलाई पटक पटक आश्वासन र धोका दिएको बताए। विश्वविद्यालय बनाउने आश्वासन दिएर अन्तमा प्रतिष्ठान बनाउने विषय स्विकार्य नहुने उनको भनाई छ । भट्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘गेटा मेडिकल बिश्व बिद्यालयका सन्दर्भमा नेपाल सरकारबाट भएको निर्णय खेद जनक छ’ ‘मन्त्री परिषदको बैठकबाट बिश्व बिद्यालयका रुपमा संचालनमा ल्याइने भनेर गरेको निर्णय लत्याएर जसरी बजेटमा प्रतिष्ठान भनेर झुक्याइयो, यो सुदुरपश्चिमका जनता माथिको धोका हो ।’