धनगढी । नेपाली काँग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले तथ्यगत पत्रकारिता आजको आवश्यकता रहेको बताएका छन् ।नेपाल प्रेस युनियन कैलाली शाखाले ३२ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति भट्टले पत्रकारिता निष्पक्ष, स्वतन्त्र र तथ्यगत हुन आवश्यक रहेको बताएका हुन् ।
‘सरकार जसको भएपनि केही हुँदैन । पत्रकारले जनतालाई सहि, तथ्यगत समाचार लेख्नुपर्छ’ उनले भने –‘तर, पार्टीको शुभेच्छुक संस्था भएकाले पत्रकारको रक्षाका लागि गर्नुपर्ने काममा तयार छौं ।’ उनले पार्टीले गर्नुपर्ने ठाउमा संरक्षण गर्ने तर, पार्टीलाई आवश्यक परेको ठाउँमा युनियनको साथ आवश्यक रहेको बताए । उनले भने –‘हामीसंग शुभेच्छुक भएकाले सहयोग खोज्ने हो । तपाईहरुलाई गर्नुपर्ने ठाउमा हामीले पहल गर्ने छु । तर, पत्रकारिता आलोचनात्मक सुझावको हुनुपर्छ ।’
पार्टी सभापति भट्टले जहिले प्रेस युनियनको साथ र सहयोग रहेको तर, युनियनमा आवद्ध व्यक्तिहरुलाई पार्टीभित्रका गतिविधिमा संलग्न नगराउँदा पार्टी र युनियनबिचको सम्बन्ध सुमधुर बन्न नसकेको बताए ।
काँग्रेस सचिव नृप सुनारले नेपाली काँग्रेश कैलालीले जहिले भातृ संगठनमा सक्रिय रुपमा काम गरिरहेको प्रेस युनियनको रहेको बताए । उनले भने –‘पार्टीको भातृ संगठनमा प्रेस युनियन बाहेक कसैको गतिविधि प्रभावशाली नभएको पार्टीको जिल्ला सम्मेलनमै मूल्यांकन भएका छन् । तर, पार्टीको बैठकमा युनियनको एजेण्डा आउँदैन । यसले गर्दा समस्या रहेको छ ।’
युनियनका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सिताराम ओझाले गरेका थिए । स्वागत मान्तव्य कोषाध्यक्ष सुनिल आउजीले गरेका थिए । कार्यक्रममा प्रेस युनियन आवद्ध पत्रकार र पार्टीका शिर्ष नेताहरुको सहभागिता रहेको थियो ।