धनगढी। कैलालीको एक खाद्य स्टोरमा आगलागी भएको छ। शनिवार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी दक्षिणकाली मार्ग को पिपि ट्रेडर्समा आगो लागेको हो।
कृष्णदत्त पाण्डेयको उक्त स्टोरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए। उक्त ट्रेडर्स पाण्डेयकी श्रिमती भुवनेश्वरी पाण्डेयले सञ्चालन गर्दै आएकी थिइन् । आगलागीबाट गोदाममा रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउ र छतमा रहेको टीनलगायत सम्पूर्ण खाद्य सामान र गोदाम पूर्ण रुपम नष्ट भएको छ।
स्टोरमा आगलागीबाट झन्डै ६ करोडको क्षति भएको सञ्चालक पाण्डेले बताएका सुरक्षा निकायहरुले बताएका छन्।धनगढी उपमहानगरपालिकाको वारुण यन्त्र दकमल०, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।