धनगढी २९ असार
रौतहटमा हुने उपराष्ट्रपती कप महिला राष्ट्रिय फुटवल प्रतियोगिताका लागि कैलालीको टिमलाई शुक्रबार बिधाई गरेको छ ।
शुक्रबार कैलाली जिल्ला फुटवल संघले धनगढीमा एक कार्यक्रमको आयोजना गरी १८ जना खेलाडी सहित दुई जना प्रशिक्षक सहित बिदाई गरेको हो । रौतहटमा हुने उपराष्ट्रपती राष्ट्रिय महिला फुटवल प्रतियोगिता कैलालीले ३१ गते पहिलो खेल खेल्ने छ ।
कैलाली जिल्ला फुटवल संघका उपाध्यक्ष तथा खेलाडी छनोट समितिका संयोजक रागबेन्द्र कार्कीको सभापतित्वमा भएको कार्यक्रममा कैलाली जिल्ला फुटवल संघका उपाध्यक्ष अनिल मल्ल, कोषाध्यक्ष राम भट्ट, सदस्य चक्र बम लगाएतले खेलाडीलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन कैलाली फुटवल संघका मिडिया संयोजक श्रवण देउवाले संचालन गरेका थिए ।
कैलालीको महिला टोलीमा रेबिका पाण्डेय, बसौती नाथ, तुलसी माझी, अस्बीना तामाङ्ग, मोनिका पुलामी मगर, गंगा अधिकारी, मनकुमारी चौधरी, महिमा चौधरी, शुसिला चौधरी, ललीता रावल, कमला बिष्ट, अप्सरा भुसाल, सुस्मीता दबाडी, प्रतिक्षा चौधरी, सिर्जना सुनार, कल्पना बिष्ट (बैकल्पीक) र सरस्वती रोकाया (बैकल्पीक) रहेको सदस्य बमले जानकारी दिए । उनीहरु सहित टिम म्यानेर डबल थापा र महेश गोले पनि टोली संगै रौतहट प्रस्थान गरेका छन् ।
असार २७ गते देखी साउन ३ गते सम्म रौतहटमा हुने उपराष्ट्रपती कप महिला राष्ट्रिय फुटवल प्रतियोगिता संचालन भैरहेको छ ।