डोटी: भित्तेपात्रो विमोचन, सम्मान तथा बधाइ कार्यक्रममा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका प्रदेश सभापति एवम् कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य वीर वहादुर बलाएरले नेपाल बिद्यार्थी संघ नेपाली कांग्रेसको जिम्मेबार र भरपर्दो भातृ संगठन भएकोले यसलाइ अझ क्रियाशिल बनाउने पर्ने बताएका छन । भित्तेपात्रोको विमोचन गर्नुहुदै सांसद बलाएरले नेबिसंघलाई क्रियाशिल बनाउन सबै जनप्रतिनिधि र नेपाली कांग्रेस प्रती आस्था राख्ने नेताहरुले सशक्त रुपमा लाग्नु पर्नेमा जोड दिनुभयो । नेपाल बिद्यार्थी संघ डोटिको कमिटीले पुर्णता नपाएकोले छिटो कमिटी गठन गर्न निर्देशन पनि दिनुभयो । उनले भने "यस बर्ष जस्तै आउदा बर्षमा पनि नेपाल बिद्यार्थी संघ डोटीले थप रचनात्मक एवम् नयाँ कामको थालनि गर्नुपर्छ ।"
नेपाल बिद्यार्थी संघ डोटिको आयोजनामा गरिएको कार्यक्रममा सांसद बलाएरले आफ्नो समुदायमा काम गर्दा योजनाहरुको काम पारदर्शी ईमान र इमान्दारी तथा लगनशील तरिकामा काम गर्न आग्रह गरेका छन । आफु मंसीर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको चुनाबमा कैलाली जिल्लाको निर्बाचन क्षेत्र ४ बाट निर्बाचित भएपनि करीब ६ दसक डोटीमै बिताएकाले डोटीको बिकासका लागी पनि कैलालीका जत्तीकै कटीबद्ध भएर लाग्ने सांसद बलाएरको भनाइ छ । उनले भने "धनगदी दीपायल फास्ट्रयाकको कामलाइ पुर्णता दीनका लागी मन्त्रालयका सचिव मन्त्री लगायतको व्यक्तिहरुसंग बारम्बार छलफलमा जुटेको छु , जिल्ला उस्पताल डोटीको स्तरउन्नति गरी उपचारका लागी अन्यत्र जाने समस्याको पनि अब छिटै अन्त्य गरीने छ ।"
नेपाल बिद्यार्थी संघ डोटिका अध्यक्ष दिपेन्द्र सिंह अध्यक्ष, सुदुरपश्चिम प्रदेशका प्रदेश सभापति एवम् प्रतिनिधि सभा सदस्य वीर वहादुर बलाएर प्रमुख अतिथी, नेपाली कांग्रेस डोटिका पार्टी सभापति नरेन्द्र सिंह बिशिस्ट अतिथि रहनुभएको कार्यक्रममा बिभिन्न पालीकाका प्रमुख तथा उप प्रमुख,बिमिन्न बिधालयका बिध्यार्थि, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका प्रतिनिधि, बिभिन्न भातृ सघ संगठनका प्रमुख तथा प्रतीनिधि लगायतको पत्रकारको उपस्थिति रहेको कार्यक्रम दिपायल सिलगढी नगरपालिकाको सभा हलमा सम्पन्न भएको थियो ।