धनगढी । भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छन् । धनगढी उपमहानगरपालिका स्थित बासुदेबी माध्यामिक विद्यालय र त्रिनगर माद्यामिक विद्यालयका छात्रछात्राहरुलाई मन्त्री देउवाले छात्रवृत्ति वितरण गरेका हुन् ।
बासुदेबिका ८० र त्रिनगरका ७५ गरी जम्मा १सय ५५ जना कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई नगद छात्राबृत्ति बितरण गरेका हुन् ।बौद्धिष्ट टि.जेड.यु फाउन्डेसको प्रायोजनमा युथ एलाईन्स फर डेभलोपमेन्टको समन्वयमा सो छात्रवृत्ति वितरण गरिएको हो ।
सो छात्रवृत्ति वितरण कार्यक्रमा प्रमुख अतिथि समेत रहेका मन्त्री देउवाले शैक्षिक क्षेत्रको विकासमा जोड दिएका थिए ।