महेन्द्रनगर । नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद ९एनपी० ले देशको विकासका लागि सबै नेताहरू दलीय स्वार्थभन्दा माथि उठ्न आवश्यक रहेको बताएका छन् । आज कञ्चनपुरको कृष्णपुर नगरपालिका –४ मालुबेलास्थित स्वामी समैजीक्षेत्र विकास तथा सनातन धर्म संरक्षण समितिको १३ औँ साधारण सभामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
सरकारले बनाउने भनेको नेपालकै पहिलो चिकित्सा विश्वविद्यालय सञ्चालनका लागि ऐन बनाउने काम तीव्र गतिमा भइरहेको पनि उनले बताए ।उनले भने, ‘गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रूपमा छिट्टै सञ्चालनमा ल्याउन सरकारले तीव्र गतिमा काम गरिरहेको छ ।’
विश्वविद्यालय निर्माणले सुदूरपश्चिम क्षेत्रको स्वास्थ्यलगायत अन्य क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको उनले बताए । उनले भने, ‘सुदूरपश्चिमको स्वास्थ्यलगायत समग्र विकासमा यस विश्वविद्यालयको महत्त्वपूर्ण योगदान रहनेछ, गेटालाई देशकै पहिलो मेडिकल कलेज बनाउने निर्णय मन्त्रीपरिषद्ले गरिसकेको छ ।’
सुदूरपश्चिम सम्भावना बोकेको प्रदेश भएको बताउँदै उनले भने, ‘पर्यटकीय, पूर्वाधार, शैक्षिकलगायत दृष्टिकोणले सुदूरपश्चिम निकै सम्भावना बोकेको क्षेत्र हो, त्यसमै थुप्रै चुनौती पनि छन्, ती चुनौती चिर्दै अगाडि बढ्नुपर्छ ।’ यस्तै, विकासका सवालमा सबैले एक भएर लाग्नुपर्ने बताउँदै उनले भने, ‘विकासको सवालमा दलीय स्वार्थभन्दा माथि उठेर सबै एक भएर लागौँ ।’
भारतको उत्तराखण्ड र सुदूरपश्चिमलाई जोड्न मानसखण्ड सर्किट बनाउनुपर्ने प्रस्ताव तयार भएमा आउँदो भारत भ्रमणमा राख्न सकिने मन्त्री साउँदले बताए । उनले भने, ‘अब हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भारतीय प्रधानमन्त्रीसमक्ष मानसखण्ड सर्किटको प्रस्ताव राख्छौँ ।’ ‘मानसखण्ड क्षेत्रका धार्मिक, पर्यटकीय क्षेत्र जोड्न सर्किट बनाउन सकिन्छ, भारत र नेपालतर्फ कति धार्मिकस्थल छन्, कसरी जोड्न सकिन्छ भनेर प्रस्ताव तयार गर्न भनेको छु’ उनले भने।
डडेल्धुराको परशुराम र भारतको पूर्णागिरी जोड्न तथा झुलाघाटमा पक्की पुल निर्माणको आवश्यकता रहेको समेत उनले बताए । ‘तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा पक्की पुलका लागि भारतसँग समझदारी भएको थियो ।